इजरायलमाथि आक्रमण नगर्न इरानलाई अमेरीकाको चेतावनी

इजरायलमाथि आक्रमण नगर्न इरानलाई अमेरीकाको चेतावनी

१ वैशाख, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमाथि आक्रमण गर्ने सम्भावना व्यक्त गरेका छन् । यद्यपि, बाइडेनले इरानलाई त्यसो नगर्न चेतावनी दिएका छन्।

बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिने चिन्ता व्यक्त गरे। इरानले इजरायलमा आक्रमण गर्न सक्नेबारे प्रश्न गर्दा बाइडेनले भने, ‘यो नगर्नुहोला ।’

बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने स्पष्ट पारेका छन् । ‘हामी इजरायलको सुरक्षाको लागि प्रतिबद्ध छौँ । हामी इजरायललाई समर्थन गर्नेछौँ, हामी इजरायलको रक्षा गर्नेछौँ, र इरान सफल हुन सक्दैन,’ उनले भने।

वास्तवमा, अप्रिल १ मा, सिरियामा इरानको वाणिज्य दूतावासमा हमला भएको थियो, जसमा १३ जनाको मृत्यु भएको थियो। यस हमलामा इरानको एलिट कुड्स फोर्सका एक शीर्ष कमाण्डर र उनका सहायक पनि मारिएका छन्।

 

प्रतिक्रिया:

सम्बन्धित खवर