२६ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा ७० वर्षे उमेर हद हटाउने निर्णयको विपक्षमा रहेको अभिव्यक्ति दिएका छन् । ११ औँ महाधिवेशनमा ७० वर्षे उमेर हद पुनः कायम गर्ने कुरामा आफूहरुको जोड रहने उनले बताए ।
नयाँ पंक्ति पार्टीमा आउने कुरामा उमेर हद हटाउने निर्णयले अवरोध नगरोस् भन्नेमा अध्यक्ष केपी शर्मा ओली पनि संवेदनशील रहेको भट्टराईको भनाइ छ । हरेकको विकल्प हुने भन्दै एमालेमा केपी ओलीको विकल्प छैन भन्ने सोच अतिवादी भएको उनले बताए ।
तर, ओलीको नेतृत्वमा बस्दा आफूहरुलाई असुविधा र मुलुकलाई पनि केही घाटा नहुने उनको भनाई छ । एमालेले हटाएको उमेर हद, संसद्को प्रस्तुति लगायतका विषयमा एक मिडियासंग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।