मनाङ एयरको ‘एयर अपरेटर सर्टिफिकेट’ निलम्बन

मनाङ एयरको ‘एयर अपरेटर सर्टिफिकेट’ निलम्बन


२६ असोज, काठमाण्डौँ । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले आज शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्काे सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ ।

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७ः१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका थिए ।

यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो । तीन महिनाको अवधिमा दुई पटक दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरको खराब उडान असुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।

दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि हाल मनाङ एयरसँग हेलिकप्टर नै बाँकी छैन । सूचना अधिकारी भुलका अनुसार मनाङ एयरले अर्काे हेलिकप्टर ल्याए पनि तत्काल उडान सञ्चालन गर्न पाउने छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर