मुख्य समाचार
डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यु–टावर निर्माण, ९६ प्रतिशत भौतिक प्रगति
१४ फागुन, दमक । सरकारको डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यु–टावर निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलका अनुसार आयोजनामा संरचना निर्माणतर्फ ९६ प्रतिशत भौतिक प्रगति भइसकेको छ । अब फिनिसिङको काम मात्र बाँकी रहेकाले संरचना निर्माणको काम पूरा भएको उनले जानकारी दिए । ‘संरचनातर्फको काम सकियो,’ पौडेलले अनलाइनखबरसँग भने, ‘अब फिनिसिङ गर्दैछौं, यो सकिँदा शतप्रतिशत काम पूरा हुन्छ ।’ सरकारले २०७६ सालमा..
इलाम–२ मा कुन दलको शक्ति कती ? अघिल्लो निर्वाचनको परिणाम हेरौँ
१३ फागुन, इलाम । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले दलहरूको पछिल्लो लोकप्रियता समेत मापन हुने भएकाले यो उप निर्वाचनको महत्व छ । इलामलाई पहिचानवादीहरूको केन्द्रको रूपमा लिने गरिन्छ । किराँत..
इलाम र बझाङमा उप–निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय
१३ फागुन, काठमाण्डौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उप–निर्वाचन आगामी २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा उप–निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय गरेको हो । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा..
जापान नेपालको एउटा दिगो र भरपर्दाे विकासको सहयात्री होः राष्ट्रपति रामचन्द्र पौडेल
१३ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दाे विकासको सहयात्री पनि भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औँ वार्षिक समारोहको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले र्पुयाएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताएका हुन् । ‘मुलुकमा भएको..
सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपाल वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा
१३ फागुन, काठमाडौं । सावित्रा भण्डारीको अर्काे उत्कृष्ट प्रदर्शनमा नेपाल वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै समूह विजेता बनेको छ । शनिवार राती साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोट्र्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले एक–एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो । समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा..
समाजवादी मोर्चाले नेकपा एमालेसहित वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने
१२ फागुन, काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको हो । विप्लव नेतृत्वको नेकपा नेता अनिल शर्माको अनुसार अब मोर्चाको निर्णपछि मोर्चाका संयोजक नेत्र विक्रम चन्द मोर्चामा आबद्ध हुनको लागि पत्राचार गर्नेछन् । उनले भने, ‘एमालेसहित नेकपा मशाल, मोहन वैद्य किरण, आहुती, ऋणी कट्टलेलगायत सबैले नेतृत्व..
नेपाल क्रिकेट संघद्वरा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग
१२ फागुन, काठमाडौँ । नेपाल क्रिकेट संघले आइसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ। संघले शनिवार जाजरकोट भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टिकटबाट प्राप्त रु २० लाख रुपैयाँ बराबरको रकम कोषलाई उपलब्ध गराएको हो । प्रधानमन्त्रीसँगको सो भेटमा पूर्व कप्तान पारस खड्का लगायतको उपस्थिति रहेको थियो ।
बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैनः प्रधानमन्त्री ‘प्रचण्ड’
१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र..
आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान
१२ फागुन, काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले..
सात महिनामा व्यापार घाटा आठ खर्ब ११ अर्ब, निर्यात सात प्रतिशतले घट्यो
९ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०र०८१ को सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०७९र०८० को सात महिनामा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । यो अवधिमा नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । गत वर्षको तुलनामा यस वर्ष आयात २.३१ प्रतिशतले घट्दा व्यापार..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७