अध्यादेश मार्फत कोशीको नयाँ बजेट, ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक पेश

९ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो । यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । उक्त अध्यादेशमा ५०..

‘मरेको प्रेत’ सरहको राजतन्त्र फेरि फर्कन सक्दैनः केपि ओली

८ मसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजसंस्थालाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले टिप्पणी गरेका हन् । आज युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म शाशन गर्दा नेपालमा राजाहरुले केही पनि नगरेको भन्दै उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी गरे । ‘उनले भने..

पाथीभरा मन्दिरमा दशैं–तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आए

७ मंसिर, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दशैं–तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार ५६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दशैं–तिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए । नवरात्रका समयमा देवीको पूजाआराधना गर्न उपयुक्त मानिने र..

उच्च अदालतका नवनियुक्त ६ जना मुख्य न्यायाधीशद्धरा आज शपथ ग्रहण

७ मंसिर, काठमाण्डौँ । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले आज बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो । उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीश सिफारिस भएका थिए..

युवासंघको बाईक र्यालीमाथी दुर्गा प्रसाईको कार्यकर्ताद्धारा ढुंगामुढा प्रहार

७ मंसिर, काठमाण्डौँ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ । ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति..

सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजिनामा स्वीकृत

७ मंसिर, काठमाण्डौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेको राजिनामा स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको हो । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि..

झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ

७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार..

सर्वाेच्च अदालतमा ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस

५ मंसिर, काठमाण्डौँ । न्याय परिषद्ले सर्वाेच्च अदालतमा ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको छ । आज बसेको परिषद्को बैठकले ६ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो । मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल, सुनिल पोखरेल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो । अब उनीहरूविरुद्ध सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ । प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश..

टिकटक प्रतिबन्ध लगाउने निर्णय बारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

५ मंसिर, काठमाण्डौँ । सर्वाेच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । २७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वाेच्च अदालतमा १० भन्दा बढी रिट परेको..

प्रभु साहकी श्रीमती मेयर रिना कुमारी साहको आक्रोश ‘वडाध्यक्षलाई नगरपालिका प्रवेशमा निषेध गर्छौ’

४ मंसिर, रौतहट । रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ । अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो । छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु..