मुख्य समाचार
छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक,उद्घाटन खेलमा एपिएफ र संकटाबिच प्रतिस्पर्धा
१६ फागुन,बिर्तामोड । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग..
प्रिति राईको जादुमय गोलमा नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा
१६ फागुन । इन्ज्युरी समयमा प्रिती राईको उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २–१ को नाटकीय जित दर्ता गरेको हो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक..
गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत
१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताएका छन् । मन्त्रालयमास्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताए । मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताए । उनले भने,..
त्रिकोणात्मक टी–२० आई सिरिजः पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित
१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी..
झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु
१५ फागुन, झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । ती दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ । साउनमा पाँच,..
सिंहदरबार र संघीय संसद भवन अगाडिको फुटपाथमा हिँड्न निषेध
१५ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो । सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको..
क्यानले पुरुष र महिला खेलाडीलाई कसरी विभेद गर्न सक्छ ?–डा बाबुराम भट्टराई
१५ फागुन, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाल क्रिकेट संघले पारिश्रमिकको विषयमा महिला र पुरुषबीच भेदभाव गरेको आरोाप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो आरोप लगाएका हुन् । “ समान कामकोलागि समान ज्याला” आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्य अन्तरगत धारा १८ समानताको हक को उपधारा (४०) मा प्रष्ट लेखिएको छ “ समान कामकालागि लैंगिक आधारमा..
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोद्वरा पार्टी परित्यागको घोषणा
१४ फागुन, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् । उनले केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका थिए । अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट जनाउदै गत मंसिरमा भएको केन्द्रीय समितिको बैठक समेत उनले बहिस्कार गरेका थिए । उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणासमेत..
२०८१ र ८२ बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनीधि सभामा पेश गरियो
१४ फागुन, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१ र ८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनीधि सभामा पेश गरेका छन् । बाह्य र आन्त्रिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी बजेट ल्याइने मन्त्री महतले बताए । सार्वजनिक खर्चको प्रभावकारिता बृद्धि गर्न बजेट उन्मुख हुने, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र उर्जा कृषि, पर्यटन र सुचना प्रविधिका लागि आवश्यक सार्वजनिक स्रोत निर्माण गर्नेगरी आगामी बजेट ल्याइने..
विवादित मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ?–रवि लामिछाने
१४ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् । उनले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गरे । उनले सार्वभौम संसदलाई लडाई र..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७