सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपाल वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा

१३ फागुन, काठमाडौं । सावित्रा भण्डारीको अर्काे उत्कृष्ट प्रदर्शनमा नेपाल वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै समूह विजेता बनेको छ । शनिवार राती साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोट्र्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले एक–एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो । समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा..

समाजवादी मोर्चाले नेकपा एमालेसहित वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने

१२ फागुन, काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको हो । विप्लव नेतृत्वको नेकपा नेता अनिल शर्माको अनुसार अब मोर्चाको निर्णपछि मोर्चाका संयोजक नेत्र विक्रम चन्द मोर्चामा आबद्ध हुनको लागि पत्राचार गर्नेछन् । उनले भने, ‘एमालेसहित नेकपा मशाल, मोहन वैद्य किरण, आहुती, ऋणी कट्टलेलगायत सबैले नेतृत्व..

नेपाल क्रिकेट संघद्वरा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग

१२ फागुन, काठमाडौँ । नेपाल क्रिकेट संघले आइसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ। संघले शनिवार जाजरकोट भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टिकटबाट प्राप्त रु २० लाख रुपैयाँ बराबरको रकम कोषलाई उपलब्ध गराएको हो । प्रधानमन्त्रीसँगको सो भेटमा पूर्व कप्तान पारस खड्का लगायतको उपस्थिति रहेको थियो ।  

बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैनः प्रधानमन्त्री ‘प्रचण्ड’

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र..

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

१२ फागुन, काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले..

सात महिनामा व्यापार घाटा आठ खर्ब ११ अर्ब, निर्यात सात प्रतिशतले घट्यो

९ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०र०८१ को सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०७९र०८० को सात महिनामा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । यो अवधिमा नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । गत वर्षको तुलनामा यस वर्ष आयात २.३१ प्रतिशतले घट्दा व्यापार..

मिटरव्याज पीडित काठमाडौँमाः आज बालुवाटार घेराऊको योजना

९ फागुन, काठमाडौं । विभिन्न २८ जिल्लाबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरव्याज पीडितहरुले आजदेखि निर्णायक आन्दोलनका लागि प्रदर्शन गर्ने जनाएका छन् । उनीहरु विभिन्न २८ वटा जिल्लाबाट काठमाडौं प्रवेश गरेका हुन् । काठमाडौंका विभिन्न स्थानमा छरिएर रहेका पीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेरा उगर्ने भएका छन् । करिब तीन हजारको संख्यामा रहेका उनीहरु पैदलै काठमाडौं प्रवेश गरेका हुन् । उनीहरुले फर्जी तमसुक च्यातिनुपर्ने, चेकलाई अवैध घोषणा गरिनुपर्ने, उच्च स्तरीय आयोग गठन..

प्रधानमन्त्रीलाई नयाँ प्रश्न गर्दा, पद्धति ख्याल गर्न सुझाव

८ फागुन, काठमाडौं । सरकार सडकमा प्रश्नै–प्रश्नले घेरिएको छ, सरकारसँग नागरिकका अनगिन्ती प्रश्न छन् । तर, नागरिक र सडकका प्रश्न सदनसम्म र्पुयाउँदै प्रधानमन्त्रीसँग जवाफ माग्न सांसदहरू चुकेको देखियो, प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्त्तर हेर्दा । तिनै सांसद सडकमा मुलुक बेथिति–भ्रष्टाचार, शासकीय अराजकता, प्रकरणहरूका ‘कुरा’ गर्छन्, जवाफ माग्ने थलोमा ‘बस्तुपरक’ प्रश्न गर्न असमर्थ देखिन्छन् । अनि सोधिएका प्रश्नहरू आत्मपरक शैलीका देखिन्छन् । तिनका प्रश्नको सार केलाउने हो भने सांसदहरूमाथि नै प्रश्न..

देउवालाई ओलीको प्रश्नः कांग्रेस एक्लै उभिन सक्छ ?

८ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्ने बताए । कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे चर्काे मतभेद भइरहेको बेलामा ओलीले एक्लै उभिन नसक्ने भन्दै कटाक्ष गरे । उनले भने, ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बुढो भयो । त्यति..

एमाले केन्द्रीय समिति बैठक आजदेखि

८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक आजदेखि काठमाडौंमा बस्दैछ। बैठकका लागि गत २७ माघमा बसेको बैठकले एजेण्डा तय गरेको थियो। विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा राष्ट्रिय हित र जनसरोकारका विषय, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने नेताहरूले जनाएका छन्। बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुँदैछ भने मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय..