रेशम चौधरीविरुद्धको रिट आजका लागि स्थगित

२३ कार्तिक, काठमाण्डौँ । रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको आज बिहीबारको पेशीमा स्थगितमा परेको हो । सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको..

लेकसाइड क्षेत्रका व्यवसाय २४ सै घन्टा खोल्न दिन उच्च अदालतको आदेश

२२ कार्तिक, काठमाण्डौँ । लेकसाइड क्षेत्रका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानूनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो । अदालतले यसमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने..

भूकम्प पीडितका लागि चीनले ४० करोडको राहत सामाग्री नेपाललाई बुझायो

२२ कार्तिक, काठमाण्डौँ । चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई बुझाएको छ । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् । चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् । राहत समाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ..

संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने सर्वदलीय बैठकको निर्णय

२१ कार्तिक, काठमाण्डौँ । प्रमुख राजनीतिक दलले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिवद्ध भएको बताएका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्षसमेत निकालेको छ । बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् । ‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने..

भूकम्प अपडेटः १७ हजार सात सय ९२ घर पूर्ण क्षति, सबैभन्दा धेरै क्षति रुकुम पश्चिममा

२१ कार्तिक, काठमाण्डौँ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ । पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा परी तीन सय ६४ जना घाईते भएका छन् । मृत्यु हुने एक सय ५३ जनामध्ये एक सय एक जना जाजरकोटका र ५२ जना रुकुम पश्चिमका रहेको छन् । त्यसैगरी, घाईते हुने तीन सय ६४ जनामध्ये एक सय ४५ जना जाजरकोटका रहेका छन् । रुकुम पश्चिममा दुई..

भूकम्प पीडितका लागि नेपाली कांग्रेसले ५० लाख सहयोग गर्यो

२१ कार्तिक, कामाण्डौँ । नेपाली कांग्रेसले तत्काल भूकम्प पीडितलाई उद्धार, राहत र पुनस्र्थापना गर्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस्तो आग्रह गरेका हुन् । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनस्र्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने निर्णय गरेको थियो । मंगलबार बिहान बालुवाटार पुगेका उनीहरुले ५० लाखको चेक..

जाजकोटमा आज फेरि शक्तिशाली भूकम्पको धक्का महशुस, स्थानिय त्रसित

२० कार्तिक, जाजरकोट । जाजकोटमा आज फेरि भूकम्प गएको छ । जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । लगत्तै ४:४० मा ४.५ रेक्टरको अर्को पराकम्प गएको छ । यसअघि शुक्रबार राति जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको मृत्यु भएको थियो भने..

जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुग्यो

१८ कार्तिक, काठमाण्डौँ । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ । प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ । प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ । त्यस्तै रुकुम पश्चिममा मृत्यु हुनेको संख्य ३८ जना पुगेको छ भने घाइतेको संख्या ८५ पुगेको छ । शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको..

कोशीमा माओवादीका गणेश उप्रेती र एसका कमल जबेगु मन्त्री नियुक्त, एमाले सरकार छाड्ने तयारीमा

१७ कार्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् । उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले हिजोमात्र एमालेको गुन नबिर्सिने बताएका थिए । तर, सुरूदेखि नै गठबन्धनलाई मन्त्रिपरिषद्मा समेट्न प्रधानमन्त्री एवम् माओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको..

यूएईलाई हराउँदै नेपाल ‘टी—२० विश्वकप क्रिकेट’मा छनोट

१६ कार्तिक, काठमाण्डौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको..