मुख्य समाचार
२४ घण्टाको समयभित्र प्रकाश ज्वालालाई बर्खास्त नगराए संसद अबरुद्ध गर्ने धम्की
५ फागुन, काठमाडौँ । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण घटना भएको निष्कर्ष आयोगले नै निकालिसकेको अवस्थामा उनलाई एक मिनेट पनि..
उच्च शिक्षा आर्जनका लागि हुने ‘आर्थिक बहाव’ रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण
३ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)-उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”,..
गिरी बन्धु टी स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय बदर
२५ माघ, झापा । झापाको विर्तामोड नगरपालिकामा रहेको गिरी बन्धु टी स्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय बदर भएको छ । तत्कालीन ओली सरकारले जग्गा सट्टाभर्ना गर्न दिने भनेर गरेको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएको हो । सर्वाेच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर गरेको थियो । सर्वाेच्च अदालतले फैसलामा भनेको छ,..
संघीयता कार्यान्वयनबारे शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा बिहीबार संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे प्रधानमन्त्री दाहालले गठबन्धनका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)..
आज विश्व क्यान्सर दिवस
२१ माघ, काठमाण्डौँ । आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यस दिन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र लागिसकेपछि गर्नुपर्ने उपचारबारे चेतनामुलक कार्यक्रम गरी मनाइन्छ । विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी–डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन..
उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग
१८ माघ, काठमाण्डौँ । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको उनले जानकारी दिए ।..
विराटनगर जुटमिल संञ्चालनमा ल्याउन तत्काल ३० करोड बढी लगानी आवश्यक
१७ माघ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउने बताएका छन् । त्यसका लागि अध्ययन समितिले प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । तर, वर्षाैं अघि बन्द भएको विराटनगर जुटमिलको अवस्था भने दयनीय छ । जुट मिल परिसर साँझ पर्नासाथ भुत बङ्गलाजस्तो हुन्छ । जुटमिल क्षेत्र ठुलो जङ्गल जस्तो देखिन थालेको छ । जुटमिलको सुरक्षाका लागि लगाइएका पर्खाल भत्किएका छन् । लागु औषध प्रयोगकर्ता र चोरी चकारी गर्नेहरुको..
नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा
१६ माघ, काठमाण्डौँ । नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गत वर्षभन्दा यसवर्ष केही सुधार भएपनि व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०८ औं स्थान छ । सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११० औं स्थानमा..
एमालेकी ‘लो प्रो–फाइल’ उम्मेदवार रुक्मिणीको ‘हाई प्रो–फाइल’ जित !
१३ माघ, विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गर्न विराटनगर पुगेकी रुक्मिणी कोइरालालाई धेरैले भने सारै लो प्रो फाइल उम्मेदवार भयो । एक त गठबन्धन त्यसमाथि लो प्रोफाइल उम्मेदवार । के कारणले उनलाई एमालेले उम्मेदवार बनाउने निर्णय गर्याे ? एमालेका नेताहरू नै कुरा गर्थे । राष्ट्रिय सभामा मतदान गर्ने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उप प्रमुखको सङ्ख्या एमालेको भन्दा धेरै थियो । प्रदेश सभामा ९३ मध्ये ४०..
अमेरिकी राष्ट्रपतिमा ट्रम्पको ‘कम ब्याक’ सम्भव होला त !
११ माघ, एजेन्सी । अमेरिकी इतिहासमा राष्ट्रपतिमा निर्वाचितभन्दा बढी चर्चामा आउने पराजित उम्मेदवार कुनै हुन् भने त्यो व्यक्ति निश्चय नै डोनाल्ड ट्रम्प हुन । हुन पनि गएको चार वर्षमा अमेरिकी राष्ट्रपति जो बाइडेनको भन्दा बढी चर्चा र चासो ट्रम्पको रह्यो । कतिपय मुद्दामा त ‘ट्रम्प राष्ट्रपति भएका भए के गर्थे होलान ?’ भन्ने आधारमा पनि विभिन्न कोणबाट व्याख्या र विश्लेषणहरू हुने गरेको छ । खासगरी रुस–युक्रेन युद्ध, अमेरिकी आप्रवासन नीति र सीमा पर्खाल निर्माण,..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७