राम बहादुर थापा र सुहाङ बिच संसदीय दलको नेताको लागि निर्वाचन हुने

राम बहादुर थापा र सुहाङ बिच संसदीय दलको नेताको लागि निर्वाचन हुने

१८ चैत्र, काठमाण्डै । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएकाे छ । पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि चुनाव हुने भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

दलकाे नेताका लागि रामबहादुर थापा बादल र सुहाङ नेम्वाङ प्रतिस्पर्धा छ । संसदीय दलको नेतामा थापा बादल र नेम्वाङले दाबी  गरेपछि चुनाव हुने भएको छ ।

चुनावका हुने भएपछि थापाले उम्मेदवारी दिइसकेका बुझिएकाे छ । नेम्वाङले पनि उम्मेदवारी दर्ताका लागि पत्र लगिसकेकाे नेताहरूले बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर