बेलासे पुलको भत्किएको खण्डमा बेलिबृज बन्ने, निर्माण सामाग्री आईपुग्यो

बेलासे पुलको भत्किएको खण्डमा बेलिबृज बन्ने, निर्माण सामाग्री आईपुग्यो

२६ जेठ, इलाम । इलाम र माई नगरपालिका जोड्ने बेलासेको माईखोला पुलको भत्किएको खण्ड जोड्ने बेलिबृजको सामान आइपुगेको छ । इलाम २ का सांसद सुहाङ नेम्बाङको विशेष पहलमा नेपाल सरकारबाट भन्सार भई निर्माण सामाग्री भारत सरकारको अनुदानमा कोल्कताबाट निर्माण स्थल आईपुगेको हो । यस केचना कंन्चनजंगा सडक इलाम-झापा जोड्ने सबैभन्दा छोटोदुरीको फास्ट्रयाक हो ।
पहिलो चरणमा बेलासेको पुलको काम सक्ने र दोस्रो चरणमा पुवा खोला बेलिबृजको निर्माण प्रकृया सुरु हुने सांसद नेम्बाङका स्वकिय सचिव दर्शन राईले बताए । पुवाखोला बेलिबृज पुन निर्माणका लागि सबै प्रकृया अन्तिम चरणमा पुगेको राईले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर