६ सेकेन्डमै गोल गर्दै क्रिस्टोफर बने अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी

११ चैत । अस्ट्रियाका क्रिस्टोफर बाउमगार्टनेर अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शनिबार राति स्लोभाकियाविरुद्ध बाउमगार्टनेरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले स्लोभाकियाविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेका थिए । सेन्टरबाट बल चलाएलगत्तै उनले स्लोभाकियाका तीन खेलाडीलाई कटाउँदै १८ यार्ड बक्सबाहिरबाट सेकेन्ड बारमा गोल गरेका थिए । उनले खेल सुरु भएपछि बलमा कुल आठ ‘टच’ गर्दै गोल..

सुहाङलाई समर्थन गर्न एमालेले गर्यो ‘रास्वपा’लाई अनुरोध

११ चैत, काठमाण्डौँ । नेकपा एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताए । उनले भने, ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छाैं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’ रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको..

इलाम २ को उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

११ चैत, इलाम । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो..

मस्को कन्सर्ट हल आक्रमणः मृत्यु हुनेको संख्या १३३ नाघ्यो

११ चैत । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा शुक्रबार राति भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ नाघेको छ । मृत्यु हुनेमा बालबालिकादेखि वृद्ध पनि छन् । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर गरेको आक्रमणमा घाइते हुनेको संख्या १२१ छ । १०७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो क्रूर नरसंहारमा प्रत्यक्ष संलग्न चार अपराधीसहित ११ जनालाई हिरासतमा लिइएको रूसी संघीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ । व्यापारिक केन्द्रसहितको हलमा शुक्रबर..

आयरल्याण्डसँग खेल्ने नेपाल ए टीमको घोषणा

११ चैत । आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ । टी–यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी–२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो । विनोद भण्डारीको कप्तानीमा दुवै फम्र्याटको टोली घोषणा गरिएको हो । टी–२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री,..

उपप्रधानमन्त्री श्रेष्ठ आज चीन जाँदै

११ चैत । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा..

रेड बुल्ससँग इन्टर मियामीको लज्जास्पद हार

११ चैत । लेविस मोर्गनले ह्याट्रिक गोल गरेसँगै अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले हार बेहोरेको छ। शनिबार राति सम्पन्न खेलमा न्यूयोर्क रेड बुल्सले मियामीलाई ४–० गोल अन्तरले पराजित गरेको हो। घरेलु टोली बुल्सको जितमा लेविस मोर्गनले ह्याट्रिक गोल गरे। यता, विकलम्यान कार्माेनाले १ गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको बुल्सले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। मोर्गनले खेलको ३, ५१ र ७०औँ मिनेटमा गोल गरेका थिए।..

१७ वर्षीय एन्ड्रिकको पहिलो अन्तर्राष्ट्रिय गोलमा ब्राजिल बिजयी

११ चैत । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ। वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न खेलमा ब्राजिलले घरेलु टोली इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो। ब्राजिलको जितमा एन्ड्रिकले गरेको गोल निर्णायक रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ७१औँ मिनेटम रोड्रिगोको स्थानमा मैदान छिरेका एन्ड्रिकले ९ मिनेटपछि नै ब्राजिलका लागि गोल गरे। उनले भिनिसियस जुनियरले दिएको पासलाई अफ साइड बिट गर्दै गोल गर्न सफल भएका थिए। १७..

एमाले झापाको ११औं जिल्ला अधिवेशन चैत १५ गते

१० चैत, बिर्तामोड । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन यही चैत १५ गतेदेखि हुने भएको छ । सो अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला कमिटीको नवौं पूर्ण बैठकले गठन गरेका ११ वटा उपसमितिले आ–आफ्ना जिम्मेवारीहरु क्रमशः पूरा गर्दै गएको उपसमितिका संयोजकहरुले सचिवालय बैठकमा जानकारी गराएका छन् । बिर्तामोडको अग्रसेन भवनमा गरिने अधिवेशनका लागि..

महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक

१० चैत । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्ट लगायतले स्वागत..