चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

 

२५ बैशाख, माङसेबुङ । इलामको माङसेबुङ ६ स्थित चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखा सहित एञ्जल फाउण्डेशन उर्लावारी र जीवन विकास पब्लिक हेल्थ सेन्टर कटहरिको संयुक्त आयोजनामा वैशाख २८ गते शुक्रवार शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा सुगर, प्रेसर, दम, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका विभिन्न रोगहरुको जाँच तथा उपचार सेवा रहेको जीवन विकास पञ्चमी शाखा प्रमुख नगेन्द्र कार्कीले जानकारी दिए । उनले अहिलेको विधमान समस्याको रुपमा रहेको रोगहरुलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएको हुनाले सबैले सहभागी भइ मौकाको फाइदा उठाउन अनुरोध गरे ।

माङसेबुङ ६ पञ्चमी स्थित बाँझो स्वास्थ्य चौकीको हलमा बिहान ९ बजे देखि सञ्चालन हुने शिविरमा बाँझो स्वास्थ्य चौकी र माङसेबुङ ६ वडा कार्यलय सहयोगी संस्थाकारुपमा रहेका छन् ।

आयोजक संस्थाका रुपमा रहेका एञ्जल फाउण्डेशन र जीवन विकास हेल्थ सेन्टरमा उपचार गराउनु परेमा जीवन विकास संस्थाका सदस्य तथा सदस्य परिवारलाई ५०% छुटको व्यवस्था रहेको छ ।

वित्तीय कारोबार गर्ने जीवन विकास लघुवित्तले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

-सजन राई

प्रतिक्रिया:

सम्बन्धित खवर