मुख्य समाचार
रामबहादुर बम्जन दोषी ठहर
१० असार, काठमाण्डौँ । बाल यौन दुराचार सम्बन्धी कसुरमा लिटिल बुद्ध उपनामले परिचित रामबहादुर बम्जन दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । आरोपीमध्ये अन्य २ जनाले भने सफाइ पाएका छन् । बम्जनलाई कति सजाय हुने भनेर असार १७ गते तय हुने सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदम अधिकारीले जानकारी दिए । आफ्नो आश्रममा रहेका बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप..
बैकुण्ठ अर्यालबारे सरकार भन्छः मुद्दा लाग्दैमा दोषी प्रमाणित हुदैन
१० असार, काठमाण्डौँ । सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले कसैविरूद्व मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने जिकिर गरेकी छन् । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेपछि उनले आरोप लाग्दैमा दोषी प्रमाणित नहुने बताइन् । मन्त्रिपरिषद्को बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘कसैलाई मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ । त्यो पद रिक्त भएको अवस्था होइन । एकातिर उहाँ..
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
१० असार, काठमाण्डौँ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले उल्लेख गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आइतबार सदनमा पेस भएको विभिन्न चार विधेयकलाई पारित..
विशेष अदालतमा मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बनमा
९ असार, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका छन् । सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अरबौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै शुक्रबार अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्य सचिव अर्याल स्वतः निलम्बित भएका हुन् । दफा १७ मा..
मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९ असार, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा .वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्याल विरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको आयोगका एक जना उच्च अधिकृतले बताए । प्राधिकरणले ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको..
मलाई सरकारबाट हटाउन सजिलो छैन, जादुमय नम्बर साथमा छः प्रधानमन्त्री प्रचण्ड
८ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । आज शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे । ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको..
रमेश लेखक भन्छन्- बजेटप्रति प्रधानमन्त्री नै सन्तुष्ट हुनुहुन्न
६ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन्। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसक्नुभएको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए । उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको..
नेपाल–चीन सीमा विवाद समाधान गर्न परराष्ट्र सचिव स्तरीय बैठक बस्ने
६ असार । नेपाल–चीन सीमा समस्या समाधानका लागि दुई देशको परराष्ट्र सचिव स्तरीय बैठक बस्ने भएको छ। त्यसको लागि बुधबारदेखि संयुक्त विज्ञ समूहको बैठक चीनमा जारी छ । उक्त समूहले निकालेको निष्कर्षका आधारमा दुई देशका परराष्ट्र सचिव स्तरीय बैठक असार ११ गते नेपालमा बस्ने भएको हो । २०६३ मा संयुक्त विज्ञ समूहको गठन भएको थियो । त्यसको पहिलो बैठक नेपालमै बसेको थियो । दोस्रो बैठक २०६९मा चीनमा बस्ने भनिएपनि तत्कालीन..
रवि लामिछाने भन्छन्- जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो
६ असार । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन्। श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको..
युरोपको रैथाने चरा ‘लेसर ग्रे स्राइक’ भक्तपुरमा
६ असार, भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ। तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनी कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा यो चरा देखिएको बताए । पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७