मुख्य समाचार
भूमिमन्त्री अधिकारीलाई हिम्मतिलो हुन ज्ञानेन्द्रको सुझाव
३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्। भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने उनको आग्रह छ । अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले खानीयोग्य, औद्योगिक, कृषियोग्य र बसोबासको..
नारायणगढ–मुग्लिन सडकमा २५ ठाउँ पहिरोको जोखिम
३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ। उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र..
प्रधानमन्त्री प्रचण्डको निर्देशन- हस् भइहाल्छ भन्ने होइन, काम र व्यवहारमा रूपान्तरण चाहियो
३० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताएका हुन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई ध्यान दिइ इमान्दार र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा..
राष्ट्रपति रामचन्द्र पौडेल जेनेभामा
३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा..
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता
३० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए । उनले राजदूतसँगको भेटमा जलविद्युत तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले भने, “नेपाल सन् २०२६..
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि..
कप्तान किरणको नाममा १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान
३० जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन्। फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी अरेबियाको दम्मानमा यमनविरुद्ध भएको खेलमा किरणले नेपालका लागि १०० क्याप जित्ने पहिलो खेलाडी बन्दै दुर्लभ कीर्तिमान बनाएका हुन् । प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको खेलमा नेपालले गोल र अंक दुवैको खडेरी तोडेको थियो । सन्जीव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा..
राष्ट्रपति पौडेल दोहामा
३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि..
सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा
२९ जेठ । क्रिकेटर सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा भएको छ । उनी एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य भर्खरै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खोलेका छन् । यसपटक सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्न सफल भयो । सन्दीप स्वयमले पनि सबैलाई अल्मलाइ दिए । उनले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए ।..
असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी
२९ जेठ, काठमाडौं । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७