मुख्य समाचार
आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने
२४ असार, काठमाण्डौँ । आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए । “आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता..
असार २८ गतेसम्म मन्त्रालयको भागबण्डा टुङ्गो लाग्छः एमाले
२४ असार, काठमाण्डौँ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) बीच केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमति पश्चात सरकारमा सहभागी रहेको एमालेले विश्वासको मत फिर्ता लिएको छ । एमालेले विश्वासको मत फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गते विश्वासको मत लिँदैछन् । प्रचण्डले विश्वासको मत नपाएमा कांग्रेस–एमाले मिलेर सरकार गठन गर्ने बाटो..
एमाले भन्छः कांग्रेस–एमालेसहितको सरकार संवधिानको ७६(२) अनुसार नै बन्छ
२३ असार, काठमाण्डौँ । कांग्रेस–एमालेसहितको राष्ट्रिय सरकार संवधिानको ७६ (२) अनुसार नै बन्ने नेकपा एमालेले प्रष्ट्याएको छ । संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्ताैलाले अझै पनि षड्यन्त्र गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्न कि भनेर अनेक भ्रम छर्न खोजिएको जिकिर गरे । सर्वाेच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको प्रष्टोक्ति थियो । उनले भने, ‘कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनाएर..
कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
२२ असार, सुनसरी । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । उनले उच्च सतर्कता बढाइएको बताए । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ । पानी पर्ने..
अविरल वर्षाका कारण देशभरका ५३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द
२२ असार, काठमाण्डौँ । अविरल वर्षाका कारण देशभरका विद्युत उत्पादन गृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै ५३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै ६४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् । प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने ४५६ मेगावाट..
प्रचण्डलाई भेटेर माधव नेपालले भनेः ‘तपाईले ओलीलाई चिन्नुभएकै छैन’
२२ असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओलीको विश्वासमा पर्दा एमाले–कांग्रेसको गठबन्धन बनेको बताएका छन् । आज (शनिबार) प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोन गर्दै उनले ओलीले हामी स्वर्ग, नर्क सँगै जाने भनी विश्वास दिलाएर एमाले–कांग्रेस गठबन्धन बनाएको बताएका हुन् । कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएपछि पनि ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकार सञ्चलानका सम्बन्धमा लामो छलफल गरेको उनले बताए..
एकीकृत समाजवादीको पदाधिकारीसहित केन्द्रीय सदस्य चयन गर्न सहमतीको प्रयास जारी
२० असार, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व सर्वसहमतिबाट टुंग्याउने प्रयास चलिरहेको छ । सर्वसहमतिबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । आज बिहान १० बजेबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका तय गरिएको थियो । तर नेतृत्वमा सर्वसहमतिको प्रयास गर्ने भनेर अहिलेसम्म निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । नेताहरू लगातार छलफलमा जुटिरहेका छन् । ‘अहिलेसम्म नटुंगिए पनि हामी सर्वसहमतिबाट नेतृत्व चयन गर्छाै, त्यसैका लागि छलफल चलिरहेको छ,’..
एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत
२० असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए । ‘अध्यक्षमा माधव नेपाल सर्वसम्मत भइसक्नुभयो । अव अरू पदाधिकारीको हकमा सहमति खोज्ने प्रयास भइरहेको छ’, ती नेताले भने, ‘पदाधिकारीमा सहमति जुटाएर केन्द्रीय सदस्यमा समेत सहमति खोज्ने प्रयास भइरहेको छ ।’ यसअघि नेता घनश्याम भुसालले..
राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूको साझा प्रयासबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्छः ओली
१९ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् । राससँगको कुराकानीमा उनले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’ ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि..
मुकुल ढकालको समीक्षा प्रतिवेदन बैठकमा पेस गर्न रोविले रोके
१९ असार, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदन पेस गर्न रोक्न लगाएका छन् । बुधबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले लिखित प्रस्ताव पेस गर्न खोजेका थिए । ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन,’ महामन्त्री ढकालले भने..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७