भारत र नेपालका गोताखोर टोलीले पनि भेट्न सकेन त्रिशूलीमा खसेको बस र यात्रु

७ साउन, चितवन । चन्द्रकिशोर राय यादव असार २८ देखि चितवनमा छन् । त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा कुरिबस्छन् । घरी भेटिएका शवमा सालो छ कि भनेर भरतपुर अस्पताल पनि धाउँछन् । भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न..

काँकडभिट्टाको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

७ साउन, झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात..

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

६ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हाले । विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेसको समर्थनमा..

माओवादी, रास्वपा र एसले ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने

४ साउन, काठमाण्डौँ । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन..

अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि उपसभामुख दवावमा

४ साउन, काठमाण्डौँ । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन सिफारिस गरेर लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्ल्यू ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई..

कोशीमा लागुऔषध कारोबारीको संख्या बढ्दो

२ साउन, विराटनगर । सोमबार दिउँसो विराटनगर प्रवेश नाकाबाट प्रहरीले ४ जनालाई पक्राउ गर्याे । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २.१५ ग्राम ब्राउन सुगर बरामद र्गयो । सोमबार नै प्रहरीले भद्रपुरस्थित मेची पुलबाट २७० मिलीग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको थियो । प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार असार २० गते देखि ३० गते सम्म हरेक दिन ब्राउन सुगरसहित समातिएका छन् । असार २० गते विभिन्न जिल्लाबाट..

माईखोला–राजदुवाली खण्डमा सडक भास्सिने क्रम रोकिएन, रुट नै परिवर्तन गर्नुपर्ने माग

१ साउन, इलाम । इलाम नगरपालिकामा पर्ने साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची लोकमार्गस्थित माईखोला–राजदुवाली खण्डको सडक भास्सिने क्रम अझैँ रोकिएको छैन । डिभिजन सडक कार्यालय इलामले करोडौ रूपैयाँ खर्चिएर नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको काम गरेपनी बालुवामा पानी सरह देखिएको छ । बारम्बार सडक भास्सिएपछि राजदुवालीेमा एङ्करिङ प्रबिधिबाट काम गरिएको थियो । पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलोपटक मेची लोकमार्गको राजदुवाली खण्डमा एङ्करिङ गरिएको हो । यसले..

एक महिना भित्र फरक काम गरेर देखाउन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

१ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एक महिना भित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘यो मन्त्रिपरिषद्को विभिन्न मन्त्रालयको जिम्मेवारी लिनुभएको..

ओली नेतृत्वको मन्त्रिपरिषद् पहिलो निर्णयः बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई तुरुन्त राहत दिने

३१ असार, काठमाण्डौँ । केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न १० वटा निर्णय गरेको सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनको अनुसार बैठकले लोकतन्त्र स्थापना गर्न योगदान ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । यस्तै बैठकले हालैको दिनमा परेको अविरल वर्षापछि..

सत्तामा ओलीको इन्ट्रीः परमादेशबाट बहिर्गमन, जनादेशबाट पुनरागमन

३० असार, काठमाण्डौँ । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री ओली नेपाली राजनीतिको केन्द्रमा रहेका एक राजनीतिज्ञ हुन् । प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुईतिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको..