मुख्य समाचार
एकीकृत समाजवादीको नयाँ नेतृत्वमा झलनाथ ब्याक, घनश्यामलाई अगाडि बढाउने
१२ असार, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् । ‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ’,..
एसईईको नतिजा भेली बिहान ९ बजे सार्वजनिक गरिने
१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण तयारी पूरा भइसकेको बताए । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।
पृथ्वी उल्टो घुमेपनि महाधिवेशन रोकिदैन, मेरो उम्मेद्धवारी हुन्छः झलनाथ खनाल
१२ असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब पृथ्वी उल्टो घुमेपनि महाधिवेशन नरोकिने र आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन् । अहिले पार्टीलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेकाले आफू नेतृत्वमा आउन चाहेको उनले बताए । नेकपा..
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अनुसार यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक हुने छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात..
कोशी प्रदेश सरकार विरुद्धको केदार कार्कीको रिट खारेज
११ असार, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार..
बजेटमा उठेका विषयहरूलाई समेट्ने प्रयास हुँदैछः प्रधानमन्त्री प्रचण्ड
११ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमा उठेका विषयहरूलाई पनि समेटेर बजेटलाई अन्तिम रूप दिने प्रयास जारी रहने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अहिले पनि आएको विषयलाई करेक्सन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । उनले भने, ‘सम्भव हुनेसम्म सच्याउन मिल्ने ठाउँसम्म सच्याएर जानुपर्छ। यहाँ उठेका विषयलाई मैले गम्भीर रूपमा हेरेको छु सम्भव हुने ठाउँसम्म सन्तुलित बनाउने कोसिस हुन्छ। मैले अर्थमन्त्रीलाई पनि भनेको..
नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा ‘डग च्यू’ अर्थात छुर्पी
१० असार, काठमाण्डौँ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा गलैँचा र पाम तथा रिफाइन्ड पाम आयल पर्दछन् । यसका साथै नेपालबाट अधिकांश निर्यात हुनेमा चिया र कफी पनि पर्दछन् । अहिले नेपालबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा राम्रो चर्चा र बजार पाइरहको वस्तु हो ‘डग च्यू’ अर्थात छुर्पी । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा चौँरी गाई तथा गाईको दूधबाट छुर्पी तयार गरिन्छ । उक्त कच्चा छुर्पीलाई प्रशोधन र प्याकेज..
रामबहादुर बम्जन दोषी ठहर
१० असार, काठमाण्डौँ । बाल यौन दुराचार सम्बन्धी कसुरमा लिटिल बुद्ध उपनामले परिचित रामबहादुर बम्जन दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । आरोपीमध्ये अन्य २ जनाले भने सफाइ पाएका छन् । बम्जनलाई कति सजाय हुने भनेर असार १७ गते तय हुने सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदम अधिकारीले जानकारी दिए । आफ्नो आश्रममा रहेका बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप..
बैकुण्ठ अर्यालबारे सरकार भन्छः मुद्दा लाग्दैमा दोषी प्रमाणित हुदैन
१० असार, काठमाण्डौँ । सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले कसैविरूद्व मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने जिकिर गरेकी छन् । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेपछि उनले आरोप लाग्दैमा दोषी प्रमाणित नहुने बताइन् । मन्त्रिपरिषद्को बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘कसैलाई मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ । त्यो पद रिक्त भएको अवस्था होइन । एकातिर उहाँ..
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
१० असार, काठमाण्डौँ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले उल्लेख गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आइतबार सदनमा पेस भएको विभिन्न चार विधेयकलाई पारित..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७