मुख्य समाचार
अविरल बर्षाका कारण ताप्लेजुङमा मानवीयसँगै लाखौंको भौतिक क्षति
५ असार । ताप्लेजुङमा १० दिनदेखि अविरल परेको पानीले मानवीयसँगै लाखौंको भौतिक क्षति भएको छ। गत जेठ २७ गतेदेखि असार ५ गते बिहानसम्म अविरल रुपमा पानी परिरहेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रवी रावलले अहिलेसम्म संकलन गरिएको विवरण अनुसार पहिरोमा परि दुई पुरुष र तीन महिलासहित पाँच जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमका ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमती..
स्वदेश फर्किए राष्ट्रपति पौडेल
५ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन्। उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गरेका थिए । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड..
लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न रविलाई कांग्रेसकाे चुनाैती
४ असार । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता गठबन्धनमै आबद्ध नेताहरु पर्नसक्ने भएकाले त्यो प्रतिवेदन सार्वजनिक गर्न नसक्ने जिकिर गरे । सांसद केहीले गृहमन्त्रीले विधि र पद्धतिभन्दा बाहिर गएर प्रहरीमा सरुवाको आतंक मच्चाएको आरोप लगाए । उनको भनाइ जस्ताको तस्तै न्यूनतम साझा कार्यक्रममा नयाँ पार्टी र हाम्रो अहिलेको गृहमन्त्रीको..
नेपालका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता
४ असार । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ। जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने धारणा राष्ट्रपति पौडेलले राखे..
आइडीए २१ बैठक सुरु
४ असार । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटेलमा बैठकको उद्घाटन गरेका छन् । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठुलो बैठक हो । शुक्रबारसम्म चल्ने (१८ जुन देखि २१ जुन २०२४) बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ । बैठकमा विश्ववैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल..
विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक ट्रोटसनबर्ग नेपालमा
३ असार । विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन्। उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् । नेपालमा पहिलोपटक हुन लागेको विश्व बैंकको उच्चस्तरीय बैठक ४ असारदेखि तीन दिनसम्म चल्ने छ । उनले यस बैठकको अध्यक्षता समेत गर्ने छन् । यो बैठकमा न्यून आय भएका मुलुकलाई विश्वबैंकको सहायताबारे रणनीति तय गर्ने छ।..
मेयर बालेन ब्राजिल प्रस्थान
३ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उहाँ ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रममा छन् । मेयरका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।..
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्- ओलीजीले सरकारको विरोध गरेजस्तो मात्रै गर्नुभएको हो
३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीले सरकारको साच्चै विरोध नगरेको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूको जिज्ञासा मेटाउने क्रममा उनले यस्तो बताएका हुन्। विमानस्थलमा पत्रकारहरूले अध्यक्ष ओलीले सरकारप्रति विरोध जनाएकोबारे सोधेका थिए। पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डलाई उथलपुथल गर्ने बेला भएको त छैन भनेर पनि सोधेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको बताएका थिए। ‘विरोध जस्तो मात्रै गर्नुभएको..
बकर इदले सहिष्णुताको संस्कृतिलाई सबल बनाएको छ प्रधानमन्त्री प्रचण्डको भनाई
३ असार । प्रधानमन्त्री प्रचण्डले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहेको बताएका छन्। इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए । प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको..
विश्वकपमा जितविहीन हुँदै बाहिरियो नेपाल
३ असार । नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ। योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७