प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले दिए सबैलाई धन्यवाद

३० असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’ चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ । कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका..

ओलीको प्रधानमन्त्री नियुक्ति र सपथग्रहण आईतबार मात्रै हुने

२८ असार, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको स्रोतले जनाएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतवार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ..

दाबी पेश गरेर देउवा–ओली सहितका नेताहरु शीतल निवासबाट बाहिरिए

२८ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको लागि दाबी पेश गरेर कांग्रेस र एमालेका नेताहरु शीतल निवासबाट बाहिरिएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दाबी पेश गरेका छन् । राष्ट्रपतिले आवश्यक प्रक्रिया पूरा गरेर आजै रातिसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

दाबी पेश गर्न ओलीसहित दुवै दलका नेताहरु शीतल निवास

२८ असार, काठमाण्डौँ । नेपाली कांग्रेस र नेकपा एमालेले दाबी पेश गरेपछि राष्ट्रपतिबाट आजै राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । ओलीसहित दुवै दलका नेताहरु शीतल निवास पुगिसकेका छन् । राष्ट्रपतिले आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेकोमा आजै दावी पेश गरिएको हो । प्राकृतिक विपत्तिका बेला सरकार कामचलाउ राख्न नहुने भन्दै आजै राति प्रधानमन्त्री नियुक्त गर्न दुवै दलका नेताहरुको सुझाव..

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

२८ असार, काठमाण्डौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो ।

नारायणगढ–मुग्लिन सडकबाट त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी कार्य सुरु

२८ असार, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो । दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ । आज बिहान वीरगञ्जबाट..

गगन, शेखर र विश्वप्रका सरकारमा नजाने, प्रकाशमानको संभावना बढ्दै

२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कांग्रेसमा भने मन्त्रीहरु छनोट सुरु भइसकेको छ ।..

संसदमा मतदानलगत्तै ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइ सांसदको लिखित समर्थन तयार

२७ असार, काठमाण्डौँ । सत्ता साझेदारी गर्न लागेका संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष समावेदन दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ । नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको..

ओली नेतृत्वको सरकारमा मन्त्री बन्न गगनको ‘लविङ’

२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा क–कसलाई पठाउने भनेर पार्टीभित्र आधिकारिक रुपमा छलफल सुरु नगर्दै नेताहरुले भने मन्त्री बन्नकोलागि सक्रियता बढाएका छन् । यसपटक कांग्रेसबाट पदाधिकारी तहबाटै सरकारको नेतृत्व गरेर जाने कि अरु कसैलाई पठाउने भनेर सभापति शेरबहादुर देउवा कुनै निश्कर्षमा पुगिसकेका छैनन् । तर, महामन्त्री गगनकुमार थापाले भने आफूपनि सरकारमा सहभागी हुनेगरि आफूलाई मुभ गराएका छन् । महामन्त्री थापाले नै..

असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने ओलीको भनाई

२६ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भएपनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका हुन् । असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन् । प्रचण्डले सो दिन विश्वासको मत (१३८ सांसदको साथ) प्राप्त..