कोशीको प्रदेशसभा बैठक एक महिना देखी अनिश्चित

कोशीको प्रदेशसभा बैठक एक महिना देखी अनिश्चित


२९ साउन, विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ ।

१ असारमा प्रदेशसभामा पेश भएको बजेट ८ असारमा पारित भएको थियो, बजेट पारित भएपछि सभामुख अम्बरबहादुर विष्टले अर्काे सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरेका थिए । बजेट पास भएलगतै राजनीतिक समीकरण परिवर्तन भएका कारण प्रदेशसभा बैठक अनिश्चित भएको हो ।

केन्द्रमा समीकरण फेरिएसँगै बजेट बनाउँदा सरकारमा रहेको माओवादी केन्द्र अहिले सरकार बाहिर छ । तर समर्थन भने फिर्ता लिएको छैन । माओवादी केन्द्रले प्रदेशसभा बैठक सुरु भएपछि सरकारको समर्थनबारे निर्णय गर्ने बताएको थियो ।

तर सरकारले प्रदेशसभा बैठक बोलाउन रुचि नदेखाएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आरोप लगाए । सरकारले गैरजिम्मेवार ढंगले काम गरेको बताउँदै उनले बैठक अघि नै समर्थन फिर्ता लिने तयारी भइरहेको उनले बताए ।

सभामुखले पनि प्रदेशसभा बैठक चलाउन आट नगरेको बताउँदै उनले संसद सरकारको छायाँमा परेको बताए । ‘कांग्रेस भित्रको गुट व्यवस्थापनका लागि मन्त्रालय बढाउनै पर्ने दबाबमा मुख्यमन्त्री हुनुहुन्छ,त्यसको विरोध हुने भएकाले सबै काम सकेर अनुकुलतामा मात्रै सदन चलाउने तयारीमा उहाँहरु हुनुहुन्छ,’ आङ्बोले भने, ‘सरकारको छायाँमा सदन र्पयो । सभामुख निरिहजस्तो देखिनु भएको छ ।’

प्रदेश निजामति ऐनलाई संसोधन गर्न बनेको विधेयक, तत्कालीन सरकारले ल्याएको अध्यादेश अस्वीकृतसँगै निष्क्रिय रहेका ऐनहरु पुनस्र्थापित गर्ने विधेयक लगायत अत्यावश्यक विधेयकहरु प्रदेशसभामा अलपत्र रहेका कारण तत्काल बैठक बोलाउनुपर्ने उनको माग छ ।

केन्द्रमा समीकरण फेरिएपछि माओवादी केन्द्र ११ साउनमा सरकारबाट बाहिरिएको थियो । सरकारबाट माओवादी बाहिरिए पनि कांग्रेस अझै सहभागी हुन सकेको छैन ।

कांग्रेससँग ४–४ मन्त्रालय लिने सहमति भएपनि कांग्रेसको आन्तरिक बाडफाडमा सहमति नजुटेका कारण सरकारमा सहभागी भएको छैन । कांग्रेसले थप एउटा मन्त्रालय मागिरहेको छ । कांग्रेसलाई भाग र्पुयाउन मन्त्रालय फुटाउने तयारी छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकार विस्तारपछि प्रदेशसभा बैठक बोलाउने बताउँछन् । संसदलाई बिजनेश दिइरहेको बताउँदै उनले भदौ पहिलो सातासम्म सरकार विस्तार गरेर बैठक बोलाउने तयारी रहेको जानकारी दिए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर