प्रचण्ड–माधव समुहले पार्टी विभाजनको खुलमखुल्ला हाँक दियोः सुर्य थापा

प्रचण्ड–माधव समुहले पार्टी विभाजनको खुलमखुल्ला हाँक दियोः सुर्य थापा

२२ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको विवाद चुलिंदै जाँदा हिजो मात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले आफु निटकका पत्रकारहरु संग भेटघाट गरे ।

यसमा धेरैका खालका टिप्पणीहरु सुरु भएको छ । नेकपाभित्र नयाँ तरंग ल्याएको छ ।

हिजो प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पत्रकारहरु संग भेटेर अहिले पार्टीभित्र भईरहेको द्धन्द पदका लागि नभई पार्टी सुदृढीकरणका लागि भएको जिकिर गरेको समाचार बाहिर आएको थियो ।

त्यसको केही समयपछि पार्टी फ्ट्न सक्ने भन्दै मानसिकता तयार बनाएर बस्न निकटस्थलाई प्रचण्डले भने भनेर समाचार बाहिर आयो । एकै कार्यक्रमको दुई कोणबाट समाचार आयो ।

यसको लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने विभिन्न पदको आकांक्षा र बाँडफाँटको योजनासहित नेकपा बिघटन गर्न खोजिएको आरोप लगाए ।

उनले हिजोको प्रचण्ड–माधव समुहको भेटेघाटलाई ‘ग्याङ अफ फोर’ को पत्रकार भेटघाट नै भनेर आलोचना गरे । यसपछिको परिदृश्य विश्लेषण गर्दै फेसबुकमार्फत देशीविदेशी षड्यन्त्र र चलखेल भएको समेत भने ।

सल्लाहाकार थापाले झलनाथ खनाल राष्ट्रपति, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री, माधवकुमार नेपाल पार्टी अध्यक्ष र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने आकांक्षासहित षड्यन्त्र भइरहेको आरोप लगाए ।

उनले पार्टी विभाजनको खुलमखुल्ला हाँक दिइएको टिप्पणी समेत गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर