मुख्य समाचार

आज थपिए १ सय ८० जना कोरोना संक्रमित
२२ असार, काठमाण्डौँ । आज थप १ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन् । योसहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित..

ओली–दाहाल सहमतिको विन्दु खोज्दै, आज पनि छलफल जारी
२२ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीभित्रको अन्तरविरोध हल गर्नेगरि दुई अध्यक्ष छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकको पहिलो दिनमै नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान..

सत्ता सहकार्यका लागि प्रधानमन्त्रीको प्रस्ताव आएको भन्दै देउवाको ‘ब्रिफिङ’
२१ असार, काठमाण्डौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीलाई राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र विवाद छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । नेकपाभित्रको विवाद चुलिएका बेला देउवालाई भेटेर प्रधानमन्त्री ओलीले नेकपा पार्टी फुट्यो कांग्रेससँग मिलेर संयुक्त सरकार..

नेकपा बैठकः छलफल भयो तर निर्णय हुन सकेन
२१ असार, काठमाण्डौँ । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच आज भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको हो । ‘उठेका सबै विषयमा छलफल भयो । तर कुनै ठोस निर्णय भएन । भोलि बसेर थप छलफल गर्ने सहमति बनेको छ,’ ती सदस्यको भनाइ छ । सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे..

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५ हजार ७८४ पुग्यो
२१ असार, काठमाण्डौँ । नेपालमा आज दुई सय ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । आजसँगै लगातार दुई दिन संक्रमित वृद्धिदर दुई सयको लाइनमा रहेको छ । यसअघि ७ सयको लाइनमा संक्रमित थपिएको तथ्यांक थियो । नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका..

नेकपाका ‘हेभिवेट’ नेताहरुको निशाना राष्ट्रपति माथीः महाभियोग लगाउने सम्मको रणनीति
२० असार, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्रको एक समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको खुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएको र ओलीले चालेको कदमलाई धमाधम अनुमोदन गर्न थालेको भन्दै उक्त समुहले महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको बुझिएको छ । प्रचण्ड निवास खुमलटारमा ओलीइतर समुहको बैठक बसी ओलीले चाल्न सक्ने कदमलाई दृष्टिगत गरी महाभियोग सम्म लगाउने रणनीति तयार भएको विश्वस्त..

नयाँ आइजिपीको लागि दौडधुप सुरुः थापा र पालमध्ये कसले बाजी मार्ला ?
२० असार, काठमाण्डौँ । नेपालमा राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा अधिकांश प्रहरी प्रमुख चयन भएका छन् । असार २४ गतेदेखि वर्तमान प्रमुख ठाकुरप्रसाद ज्ञवाली उमेरहदका कारण अनिवार्य अवकास हुँदैछन् । र अबका प्रहरी प्रमुख को बन्ला भन्ने चासो बढेको छ । गत माघमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका ज्ञवालीले आगामी असार २५ गते अनिवार्य अवकाश पाउने मिति नजिकिँदै गर्दा ज्ञवालीको उत्तराधिकारी हुने दौड प्रहरीभित्र सुरू भएको हो । नेपाल प्रहरी..

नेकपाको स्थायी समिति बैठक फेरि स्थगित
२० असार, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो । स्थायी समितिको अर्काे बैठक असार २२ गतेका लागि..

प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँः प्रधानमन्त्री ओली
१९ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने चट्टानी अडानमा उभिनुभएको छ । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ । प्रधानमन्त्रीको यही अडानका कारण दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठकअघि कुनै चमत्कार हुने संकेत देखिएन । आज तीन घण्टासम्म बालुवाटारमा चलेको दुई अध्यक्षबीचको छलफलमा ओली आफ्नो अडानबाट..

नेपाल र चीनबीच सिमा विवाद छैन, दुई देशको सम्बन्धमाथि प्रहार गर्न खोजियोः राजदूत यान्छी
१६ असार, काठमाण्डौँ । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताउनुभएको छ । गोरखापत्रलाई दिएको विशेष अन्तर्वार्तामा राजदूत यान्छीले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने आफ्नो विश्वास रहेको बताउनुभएको छ । चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई..