मुख्य समाचार
प्रचण्ड–माधव समुहका चार नेताको प्रष्टिकरण ‘पार्टीमा भईरहेको बहस पदका लागि होईन’
२१ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् । आज पार्टीसम्वद्ध सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले अध्यक्ष केपी ओलीको ‘म नै पार्टी हुँ’ भन्ने शैलीले पार्टी सञ्चालन गर्दा समस्या भएको बताए । त्यस्तै उनीहरुले विभिन्न प्रतिक्रियावादी शक्तिहरुले नेकपा फुटाउन नै लागिपरेकाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्ने अवस्था पनि आउनसक्ने भन्दै सतर्क, सजग र तयार रहन पार्टी पंक्तिलाई आह्वान..
आज थपिए ३८१ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या १५ हजार नाध्यो
२१ श्रावण, काठमाण्डौँ । बितेको २४ घण्टामा नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको..
प्रचण्डलाई वामदेवको जवाफ ‘म अव कुनै गुटमा लाग्दिन् ।’
२१ श्रावण, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको स्पष्ट पार्नुभएको छ । गौतमले आफ्नो सचिवालयमार्फत यस्तो स्पष्ट पार्नुभएको हो । अध्यक्ष पुष्पकमल दाहालले हिजोमात्रै नेता गौतमसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा अध्यक्ष दाहालले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनि प्रश्न सोधेको बुझिएको छ । त्यसको जवाफमा गौतमले ‘म ठूलो–सानो कुनैपनि गुटमा लाग्दिन्’ भन्नुभएको कुरो..
नेकपाको शक्तिसंघर्ष कहाँ पुगेर साम्य होला ?
२१ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यद्वयबीच सहमति जुट्न नसक्दा न त स्थायी समिति बैठकले निरन्तरता पाएको छ न त केन्द्रीय समिति बैठक बोलाइने संकेत नै देखिएको छ । तर, सहमतिलाई आफ्नो पक्षमा पार्न नेताहरु दौडधुपमा छन् । श्रावण १३ गतेबाट अनिश्चित बनेको नेकपा स्थायी समितिको बैठकपछि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनतालाई चिर्दै गतिरोध अन्त्यका लागि ६ दिनपछि श्रावण..
सुनको मूल्यले नयाँ कीर्तिमान बनायो, तोलाको १ लाख १ हजार ४०० पुग्यो
२१ श्रावण, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्काे कीर्तिमान बनाइरहेको बेला आज छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने..
आजको बैठकमा कुरा नमिल्दा नेकपा अध्यक्षद्धयबीच चर्काचर्की
२० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा नमिल्दा चर्काचर्की नै भएको छ । डेढ महिनायताको विवाद समाधानका लागि बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीले एकपक्षीय ढंगले नियुक्तिहरु गरिरहेको भन्दै आपत्ती जनाएको बुझिएको छ । उनले लगानी बोर्डको अध्यक्षमा सुशील भट्टलाई नियुक्ति दिएकोमा प्रश्न उठाएका थिए । ओलीले योग्यताका आधारमा नियुक्ति गरेको जवाफ दिएका थिए ।..
बामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रचण्ड
२० श्रावण, काठमाण्डौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । एक साताअघि दुई अध्यक्ष सामक्ष ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यस यता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको अल्ला चलेका बेला प्रचण्ड गौतम निवास पुगेका हुन् । यस अघि प्रधानमन्त्री ओली पत्नि राधिका शक्य सहित गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका थिए । ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई..
कोरोना संक्रमण बढेपछि विज्ञहरुसँग छलफल गर्दे प्रधानमन्त्री ओली
२० श्रावण, काठमाण्डौँ । लकडाउन खुलेसँगै राजधानीसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारण त्रासित भएका छन् । सरकार पनि यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना संक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कफ्र्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको दर बढ्दो क्रममा छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्नुहुने भएको छ । भयावह स्थिति आउनसक्ने..
बालकोट पुगेर ओलीको शन्देश ‘पाँच वर्षसम्म सरकार ढल्दैन’
१९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोटबाट पुनः बालुवाटार फर्किएका छन् । आज मध्यान्ह सरकारी निवास बालुवाटारबाट बालकोट गएका ओली त्यहाँ एक घण्टा बिताएर फर्किएका हुन् । उनले बालकोटमा सो घरमा हाल बस्दै आएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा र सांसद महेश बस्नेतसँग छलफल गरेको स्रोतले बताएको छ । बाँस्कोटा र बस्नेत ओलीको विश्वासपात्र मानिन्छन् । आजै बिहान बालुवाटारमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच..
ओली–दाहालबीच भेटवार्ता सम्पन्न, आज पनि कुरा मिलेन
१९ श्रावण, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ । नेकपानिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक देखिएको छैन् । दुवै अध्यक्षले आ–आफ्नो अडान कायम राखेका छन् । अध्यक्षद्धय ओली र दाहालसँगै आजको छलफलमा पनि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७