२३ चैत्र, काठमाण्डौँ । नेपाल आयल निगमले गएराती देखी इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो ।
स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाउनुपरेको निगमले जनाएको छ ।
अब पेट्रोलको प्रतिलिटर मूल्य रु १२० रुपैयाँ र डिजेल मटितेलको रु १०३ रूपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।
पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भएपनि मासिक नोक्सानी अत्याधिक रहेकाले नेपालमा मुल्य वृद्धी गर्नुपरेको निगमले जनाएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा हुने छ ।
ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
१५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ ।