१२ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेभित्रका माधवकुमार नेपाल पक्षीय १५ नेताले विज्ञप्ति निकाल्दै पार्टी अध्यक्ष केपी ओलीको चर्काे आलोचना गरेका छन् । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित तत्कालीन स्थायी कमिटी सदस्यहरुले ओलीलाई अवैध अध्यक्ष भन्दै स्वेच्छाचारी काम गरिरहेको आरोप लगाएका हुन् ।
माधव नेपाल, झलनाथ खनालसहितका १५ नेताले ओलीको कदमलाई निरंकुश र प्रतिगामी भन्दै त्यसविरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह समेत गरेका छन् ।
नेताहरुले विज्ञप्तिमा भनेका छन्, ‘हामीहरु तत्परताका साथ पाइला चाल्न अग्रसर छौं । यसका कार्यमा एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं ।’