इलाममा गर्भवतीलाई अस्पताल पुर्‍याउन निशुल्क एम्बुलेन्स सेवा

५ पुष, इलाम । इलामको देउमाई नगरपालिकाले नगरभित्रका गर्भवतीलाई प्रसूति सेवाका लागि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । देउमाई नगरपालिकाले नगरभित्रका गर्भवतीलाई प्रसूति सेवाका लागि इलाम अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा दिन थालिएको नगरप्रमुख सूर्य पोख्रलेले बताए ।

‘गर्भवतीलाई आवतजावतमा समस्या अन्त्य गर्न एम्बुलेन्स सेवा सुरु गरिएको हो’ नगर प्रमुख पोख्रेलले भने, ‘नगरपालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पतालसम्म लैजानुपरेमा एकतर्फी निःशुल्क सेवा दिने व्यवस्था गरिएको छ ।’ देउमाई नगरपालिकाले गएको महिना एम्बुलेन्स खरिद गरी सेवा प्रारम्भ गरेको हो । २० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270