कोभिड-१९ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धिः विश्व स्वास्थ्य संगठन

कोभिड-१९ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धिः विश्व स्वास्थ्य संगठन


नयाँ दिल्ली । पछिल्लो चार हप्तामा कोभिड-१९ का नयाँ संक्रमितको संख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

डब्ल्यूएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोरोना संक्रमितको मृत्यु संख्या आठ प्रतिशतले कमी आई विश्वभर कुल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।”

डिसेम्बर १७ सम्ममा कोभिड-१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन् । करिब ७० लाख कोरोना संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

कोभिड-१९ का एक लाख १८ हजारभन्दा बढी नयाँ संक्रमित अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओले मानिसलाई उपलब्ध सबै उपकरण प्रयोग गरेर संक्रमण र गम्भीर रोगबाट बच्न उपाय अपनाउन सल्लाह दिएको छ । यसमा भीडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाकमुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड-१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्नेजस्ता विषय समावेश छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर