स्वास्थ्य / जीवनशैली
बिर्तामोड नगरका २ हजार परिवारको निःशुल्क स्वास्थ्य वीमा
१९ चैत, झापा । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिनुभयो । पहिलो चरणमा हरेक वडाबाट १–१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १–१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १ हजार..
दिल्लीमा डा.आरजुको शल्यक्रिया सम्पन्न
१५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको हाइपर प्याराताइरोइडइजमको शल्यक्रिया सम्पन्न भएको छ । आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् । उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ । शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सको सल्लाह दिएको नेतृ देउवाका स्वकीय सचिव कमल रावलले जनाएका छन् ।
बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ पुग्यो
१५ चैत, झापा । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोजपड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासंग अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराईएको हो । स्वास्थ्य कार्यालय झापाका निमिक्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको संख्या १ सय..
नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
१० चैत । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो..
चकित्सकले बिरामीको आन्द्रा भित्रबाट निकाले माछाको काँडा
४ चैत, बिर्तामोड । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्रा भित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट माछाको करिब ४ सेन्टिमटरको काँडा शल्यक्रिया गरी निकालेको हो । सहनी बिहीबार घरमा माछा पकाएर खाएका थिए । शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक..
नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन
३ चैत, काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ । शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य..
नवोदय सहकारी संस्था शिबगन्ज सेवा केन्द्रद्वरा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न
१ चैत, शिबगञ्ज । झापाको कमल–३ केर्खामा मूख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्जस्थित सेवा केन्द्रद्धारा वुधबार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगले नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले शिबगन्जमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्ज सेवा केन्द्रका संयोजक सन्तोष कुमार ईजमका अनुसार संस्थाको वार्षिक कार्यक्रम सञ्चालन गर्ने विभिन्न सामाजिक गतिविधी अन्तर्गत शिवगञ्ज सेवाकेन्द्रका सदस्यलाई लक्षित गरेर..
बिर्तामोडकाे आरआर पोलिक्लिनिकमा मानसिक रोगीका लागि आजदेखि निःशुल्क स्वास्थ्य शिविर
१ चैत, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक रोगीका लागि आजदेखि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । पोलिक्लिनिकले बुधवार बिर्तामोडस्थित पोलिक्लिनिकमा पत्रकार सम्मेलन गरेर शिविर आयोजनाका बारेमा जानकारी दिएको थियो । पछिल्लो समय मानसिक रोगीको संख्या बढ्दै गएकाले आरआर पोलिक्लिनिकले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको पोलिक्लिनिक सञ्चालक महेन्द्रबहादुर राईले जानकारी दिए । उनका अनुसार झापासहित इलाम, पाँचथर र ताप्लेजुङका मानसिक बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना..
मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुन्छ: अध्यक्ष ओली
१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुने बताएका छन् । बिहिबार विश्व मिर्गौला दिवसका अवसरमा आफ्नो सामाजीक सञ्जालमार्फत अध्यक्ष ओलीले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका हुन् । उनले लेखेका छन्,‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु’, । ‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ ‘प्रत्यारोपण गर्नु धेरै..
४१३ पालिकामा सकियो दादुरा-रुबेला खोप अभियान
२९ फागुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ। हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन्। शाखा प्रमुख..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७