ओएसआर डिजिटलका मालिक अग्रवाललाई ४ दिन हिरासतमा राख्न अनुमति

ओएसआर डिजिटलका मालिक अग्रवाललाई ४ दिन हिरासतमा राख्न अनुमति

२१ असोज, काठमाण्डौँ । आर्थिक विश्वासघातको आरोपमा पक्राउ परेका ओएसआर डिजिटलका मालिक ओमप्रकाश अग्रवाललाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार राती पक्राउ परेका अग्रवाललाई ४ दिन हिरासतमा राख्न आज काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । फिल्म ‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका हुन् ।

प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर