८ जेष्ठ, काठमाडौं । सुस्मिता रेग्मीले पूर्वमिस नेपाल माल्भिका सुब्बामाथि थप आक्रोश पोखेकी छन् । माल्भिकाको समर्थन गरेको भन्दै उनले केही सेलिब्रिटीहरुलाई पनि निशाना बनाएकी छन् ।
८ वर्ष अगाडि आफूमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेर चर्चामा आएकी रेग्मीले टिकटकमा नयाँ भिडियोहरु पोष्ट गर्दै आफ्नो थप भनाइ सार्वजनिक गरेकी हुन् ।
माल्भिकाले गरेको फेसबुक पोष्टमा कमेन्ट गरेका प्रियंका कार्की, निशा अधिकारी, नीति शाहलगायतका सेलिब्रिटीहरुको नाम नै लिएर रेग्मीले आलोचना गरेका छन् ।