२० असोज, बझाङ । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज शनिबार मध्यान्ह ११ः४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको हो । मंगलबार यता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन् । गत मंगलबार दिउँसो २ः४० मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो ।
त्यसपछि ३ः०६ मा ६.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो । जसले गर्दा एक जनाको मृत्यु समेत भएको थियो । केही घरहरू भत्किएका र चर्किएका थिए ।