दसैँ बिदामा पनि अदालतहरू खुल्ला रहने

२९ असोज, काठमाण्डौँ । दसैँ बिदामा पनि सर्वाेच्च लगायतका अदालतहरू खुल्ला रहने भएका छन् । केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने सर्वाेच्च अदालतले जनाएको छ । सर्वाेच्च अदालत प्रशासनका अनुसार सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुनेछ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् । सर्वाेच्च अदालतले..

माङसेबुङ गाउँपालिकामा चाडवाड लक्षित अनुगमन सुरु

२८ असोज,  इलाम । इलामको माङसेबुङ गाउँपालिकाले चाडवाड लक्षित अनुगमन हिजो शनिवार देखि सुरु गरेको छ । चाडवाड नजिकिएसँगै पालिका भित्रका होलसेल तथा किराना पसल, होटल, औषधि पसललगायतको अनुगमन सुरु गरेको हो । अनुगमन समितिका संयोजक समेत रहेका गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङको नेतृत्वको अनुगमन टोलिले गजुरमुखी धाम, चतुरे बजार, रक्से बजार र चिसापानी पञ्चमी बजारक्षेत्रको अनुगमन गरेको हो । करिब ४० भन्दा बढी पसलहरूको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य..

आजदेखि वडा दशैँ सुरु

२७ असोज, काठमाण्डौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको..

मनाङ एयरको ‘एयर अपरेटर सर्टिफिकेट’ निलम्बन

२६ असोज, काठमाण्डौँ । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले आज शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्काे सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७ः१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा..

नेपालको अर्थतन्त्र संकटको डिलमा छः प्रधानमन्त्री प्रचण्ड

२५ असोज, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र संकटको डिलमा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले संकटग्रस्त अर्थतन्त्र सूधार गर्न उच्चस्तीय संयन्त्र बनाउन सरकार तयार रहेको पनि जिकिर गरेका छन् । ‘अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छाैं,’ प्रधानमन्त्री प्रचण्डले भने,..

भारतीय प्रधानमन्त्री मोदी नेपाली भूमी कालापानी क्षेत्रमा ध्यान गर्दै

२५ असोज, काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम रहेको बताईएको छ । साथै भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तक्र्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका..

ओलीलाई स्वागत गर्न कार्यकर्ताहरु विमानस्थल भित्रै छिरे

२४ असोज, जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । नेकपा एमाले मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् । सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न पाइँदैन । तर एमाले कार्यकर्ताहरुलाई प्रहरी र विमानस्थलका कर्मचारीहरुले रोकेनन् । एमालेकै नेताहरूले पनि रोक्न चाहेनन् । ओली एती एयरलाइन्सको जहाज चढेर काठमाडौंबाट जनकपुर पुगेका थिए..

मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुन्छः अख्तियार प्रमुख राई

२४ असोज, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको बताएका छन् । तर, त्यस्ता लेनदेनलाई सापटी भन्ने गरिदिंदा घुस नै हो भनेर प्रमाणित गर्न कठिन हुने उनको भनाइ छ । आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित प्रमुख आयुक्त राईले सो कुरो बतएका हुन् । उनले भने ‘मालपोत कार्यालय, यातायातमा अथवा जहाँतही जुन रकम लेनदेन हुन्छ, त्यो..

गुमनाम छन् धनकुुटाका ऐतिहासिक सम्पदा

२४ असोज, धनकुटा । राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् भने कतिपय नष्ट भएर गइसकेका छन् । सबैको बेवास्ताका कारण धनकुटा सदरमुकामस्थित धनकुटा नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका..

इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाईदैँ

२४ असोज, काठमाण्डौँ । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको हो । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ । गत शनिबार प्यालेष्टिनी विद्रोही..