समाज

बजेट अभावले पूर्व–पश्चिम रेलमार्गको काममा ढिलाई
४ माघ, काठमाण्डौँ । राष्ट्रिय गौरवको आयोजनामध्येको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काममा ढिलासुस्ती देखिएको छ । बजेट थोरै हुँदा आयोजनाको निर्माण कार्यले गति लिन नसकेको सरोकारवाला निकायले जनाएको छ । सुरुको खण्ड बर्दिवास–निजगढ (७० किमी) को ट्रयाकवेड तथा सो खण्डमा पर्ने १५ वटा रेल पुल निर्माणको कार्य भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार आचार्यले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ६५ किलो मिटर ट्रयाकवेड र १३ वटा..

बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार
४ माघ, बागलुङ । बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् । गौतमलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए ।

वाणिज्य बैंकहरूले ब्याजदर घटाए
२९ पौष, विराटनगर । वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो । सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अधयक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ । एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो । एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको..

पूर्वी तराईमा चिसोका कारण जनजिवन प्रभावित
२९ पौष, विराटनगर । पूर्वी तराईमा तीन दिन यतादेखि चिसो बढ्न थालेपछि जनजिवन प्रभावित बन्न थालेको छ । विहानैदेखि हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेको कारण जनजिवन प्रभावित बन्न थाले हो । चिसोका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा समेत कमी आउन थालेको छ । घाम नलाग्ने, शित लहरसंगै चिसो हावा चलेर जाडो बढ्न थालेपछि मानिसहरुका घर बाहिर समेत काम विशेषले मात्र निस्कन थालेका छन् । जाडो बढेसँगै सुनसरीको सामुदायिक..

नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने विश्व बैंकको प्रक्षेपण
२५ पौष, काठमाण्डौँ । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने छ । यसै वर्ष अर्थात चालु आर्थिक वर्ष (आव) २०८०र८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने..

रामबहादुर बम्जनलाई प्राइभेट गाडीमा लैजाने भन्दै पूर्वराज्यमन्त्री सीआईबी कार्यालयमा
२५ पौष, काठमाण्डौँ । मंगलबार पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी छन् । रामबहादुर आफूहरूको ‘भगवान’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी छन् । तर, सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी..

सन्दीप लामिछानेको सजाय निर्धारणका बिषयमा बहस जारी
२५ पौष, काठमाण्डौँ । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो । बहस सकिएपछि न्यायाधिश ढकालले लामिछानेलाई हुने सजाय तोक्नेछन्। यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो । जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्युनतम सजाय माग गर्दै बहस गरिरहेका छन् ।

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात
२५ पौष, खोटाङ । दस स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाख रुपैयाँ भन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा..

रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाही लाने तयारी
२५ पौष, काठमाण्डौँ । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक उच्च अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा..

आजकै दिन पहिलो पटक आइफोन सार्वजनिक भएको थियो
२४ पौष, काठमाण्डौँ । सन् २००७ मा आजकै दिन (जनवरी ९) मा एप्पल कम्पनीले पहिलो पटक आइफोन सार्वजनिक गरेको थियो । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा आयोजित म्याकवल्र्ड एक्स्पोमा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए । एप्पलले पहिलो आइफोनको बिक्री २००७ को जुन २९ देखि सुरु गरेको थियो । ३.५ इन्चको एलईडी डिस्प्ले र दुई मेगापिक्सलको क्यामेरा रहेको आइफोनको अपरेटिङ सिस्टम आईओएस ३.१.३ थियो । उक्त मोडलको..