रविका हर्कतले दाई हरिशरण लामिछाने नै आजित

रविका हर्कतले दाई हरिशरण लामिछाने नै आजित

९ माघ, काठमाण्डौँ । रेडियो नेपालका पत्रकार हरिशरण लामिछानेले भाइ रविको कारण आफूले दुःख पाइरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका रवि लामिछाने पछिल्लो समय विभिन्न सहकारी ठगीको विवादमा मुछिएपछि आफूलाई बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको उनले बताएका हुन् ।

एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘अब हुँदाहुँदा (रवि) उसको कारण अचेल मलाई रसमेत बाहिर हिँडडुल गर्न गाह्रो भइसक्यो । बाटोमा, अफिसमा वा कहीं कतै जाँदासमेत चिनेकाले फ्याट्टै सोधिहाल्छन्, तपाईंको भाइ यति छिटो केन्द्रीय राजनीतिको वृत्तमा पुगिसक्यो, ऊ स्वचालित हो कि कसैबाट सञ्चालित हो ? मैले के जवाफ दिनु !’

हरिशरणले आफूहरु व्यक्तिगत रुपमा दाजु–भाइ भए पनि राजनीतिक रुपमा केही सम्बन्ध नभएको पनि स्पष्ट पारे । उनले आजीवन रवि नेतृत्वको पार्टी रास्वपामा आवद्ध नहुने घोषणा गरेका छन् । उनले भने, ‘म रवि जस्तो आफ्नै कमिटमेन्ट बिर्सने मान्छे होइन । याद राख्नुहोला, म अहिले नै घोषणा गरिदिन्छु, म बाँचुन्जेल रविको पार्टीमा जादिनँ ।’

त्यसो त रविले जनताको विश्वाससँग खेलवाड गरेको पनि हरिशरणको आरोप छ । रवि ‘पोलिटिकल्ली करेक्ट’ नभएको उनले दावी गरे । उनले थपे, ‘रवि करेक्ट छैन । उसले पार्टी खोल्यो, ठीकै छ । तर नीतिगत स्पष्टता बिनाको पनि पार्टी हुन्छ र भन्या ? पार्टीको सैद्धान्तिक मार्ग नै उनीहरुलाई थाहा छैन । यो डेमोक्रेटिक हो कि, लेफ्टिस्ट हो कि, कन्जरभेटिभ हो कि, त्यसबारे कुनै ज्ञान नै छैन ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270