इलामको रोङ गाउँपालिकामा कला–साहित्य महोत्सव हुँदै

इलामको रोङ गाउँपालिकामा कला–साहित्य महोत्सव हुँदै

१० माघ, इलाम । इलामको रोङ गाउँपालिका वडा ६ मा कला–साहित्य महोत्सव आयोजना हुने भएको छ । इलामस्थित चेतना नाट्यसमूह र झापाको ट्रेक–८५८६ को समन्वयमा वडाले यही माघ २७ देखि २९ सम्म वडामा महोत्सव आयोजना गर्न लागेको हो ।

रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवका विषयवस्तु पनि स्थानीय विषयसँगै सम्बन्धित रहने वडामै आयोजित पत्रकार भेटघाटमा वडाध्यक्ष सत्यम राईले बताए । उनका अनुसार फरक किसिमले कला, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा वडाले प्रयास गरेको हो ।

सरकारको जिम्मेवारी नागरिकका लागि रोजगारी सिर्जना गर्नु पनि भएकाले कला–संस्कृति र कृषिमा नागरिकलाई स्वरोजगार बनाउन महोत्सवले सहयोग गर्ने वडाले अपेक्षा गरेको उनले बताए ।

महोत्सव आयोजनाका लागि नवीन तामाङको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समिति सदस्यमा धिरेन सुन्दास र धनवीर राई छन् । झाँकी प्रदर्शनका लागि उपसमिति गठन गरिएका छन् । उपसमितिले सम्बन्धित समूहलाई प्रशिक्षित गर्दै नयाँ पिँढीलाई कला–संस्कृति सिक्ने अवसरसमेत प्रदान गर्नेछन् । महोत्सवमा लेप्चा समुदायको नृत्य, साकेला नृत्य, च्याबु्रङ, तामाङ सेलो, मारुनीलगायत प्रस्तुत गरिने उनले जनाए । वडाले यही माघ २७ देखि २९ सम्म वडामा महोत्सव आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270