समाज

काँकरभिट्टामा खैरो हेरोइनसहित तीन जना पक्राउ
१७ फागुन, झापा । दार्जिलिङ होटल अगाडि बाटोबाट खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बुधवार साँझ ७ः३० बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । अर्जुनधारा–१० कालिस्थान घर भई मेचीनगर–६ सुनगाभा टोलमा डेरा गरी बस्ने २६ बर्षिय प्रकाश पौडेल र काठमाडौं–१६ ढुङगे अड्डा बस्ने ३० बर्षिय इश्वर आधिकारी र अर्जुनधारा–१० कालिस्थानका २२ बर्षिय पुजन..

‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ भद्रपुर नगरपालिकामा धुप बनाउने तालिम सम्पन्न
१७ फागुन, झापा । झापाको भद्रपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको छ । ‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ नगरपालिकाको सामाजिक शाखाको आयोजनामा यहाँका विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो । ‘थोरै लगानीमा र स्वदेशी कच्चा पदार्थबाट धुप बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘घरमा बसी–बसी बनाउन सकिने र सजिलै बिक्री गर्न सकिन्छ ।’..

कैलालीमा साढे १८ लाख बढीको अवैध सामान बरामद
१७ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करिब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई समेत नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न इलेक्ट्रोनिक सामान..

मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने
१७ फागुन, काठमाण्डौँ । मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका हुन्। यद्यपि आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता दिने उनीहरूको भनाई छ। विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूसँग सरकारले वार्ता गर्दै आएको छ । तर, वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन। सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त..

महिला कर्मचारीले लगाइन् बालेन शाहलाई टर्चर दिएकोे आरोप, कानुनी उपचार खोज्ने घोषणा
१६ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई विनाकारण टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् । महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको..

राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने माओवादीको निर्णय
१६ फागुन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने निर्णय लिएपछि नेपाली कांग्रेस झस्किएको छ । अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाममा सहमति बनेको चर्चा छ । तर, अध्यक्ष छाड्न नहुने भन्दै बैठकमा नेताहरुले चर्काे दबाब बढाएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै सहमति नभएको प्रष्टीकरण दिए । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रियसभाको अध्यक्षको अडान छाड्नुहुन्न भन्ने सबै नेताहरुले प्रचण्डलाई भनेको र नेताहरुको दबाबपछि उनले सहमति..

बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित
१६ फागुन, झापा । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका न्यौपाने २२२५ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायकि प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वार अर्जुनकुमार मैनालीले १५२० मत प्राप्त गरेका थिए । बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) १८२६ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सञ्जीव घिमिरे १७८१ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा..

झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने
१६ फागुन, बिर्तामोड । देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभूमूखिकरण गोष्ठी आयोजना गर्दै स्वास्थ्य कार्यालय झापाले फागुन १७ देखि खोप अभियान सञ्चालन गर्ने बताएको हो । कार्यालयले बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान अन्तर्गत अभिमूखिकरण गोष्ठी आयोजना गरेको थियो । झापामा यो वर्ष ५ बर्ष..

कोसी गाउँपालिका–१ राष्ट्रिय मा.वि.का पूर्व प्रधानाध्यापक धनीलाललाई भ्रष्टाचार मुद्दा
१६ फागुन, सुनसरी । सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ। प्रधानाध्यापक यादवविरुद्ध रु ६४ हजार नौ सय भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। खुला कोटाअन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५-०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर..

गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत
१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताएका छन् । मन्त्रालयमास्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताए । मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताए । उनले भने,..