रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, ४ घाइते

४ चैत । चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

ग१ख ८५२४ नम्बरको बस आइतबार बिहान करिब २ः४० बजे बाटोछेउमा रोकिराखेको ना६ख ३५८० नम्बरको ट्रकको पछाडि भागमा ठोक्किएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

दुर्घटनामा भारतको मोतिहारीका ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो । गम्भीर घाइते भएका बसका यात्री उनलाई उपचारका निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटको गौरबाट कास्कीको पोखरातर्फ जाँदै गरेको सो बस नारायणगढ–मुग्लिङ सडकखण्डमा दुर्घटना भएको हो । बसको चक्का पन्चर भई ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

भरतपुरस्थित नयाँ मेडिकल कलेजमा घाइते चारजनाको उपचार भइरहेको छ । घाइते हुनेमा ट्रकका चालक पर्साको वीरगन्ज महानगरपालिकाका ३३ वर्षीय हाकिम मियाँ, बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाका २५ वर्षीय पूजा गुप्ता र दुई भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270