पूर्व सभामुख महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

५ फागुन, काठमाण्डौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । आज सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।  

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ

५ फागुन, काठमाण्डौँ । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्ने दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको सा्रेतले बताएको छ । प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए ।  

व्यावसायिक कफी खेती गर्दै माङसेबुङका याम कार्की

५ चैत, इलाम । प्राय सबैजसोको उद्देश्य पढेपछि जागिर खाने, राम्रो घर बनाउने र सुखसयलमा जिन्दगी बिताउने हुन्छ । अलि पढेपछि काम गर्न लाज मान्ने नेपाली समाजको विशेषता नै हो । तर, इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका याम कार्की पढेर पनि जागिर खाएनन्, न त उनले काम गर्न नै लजाए । बरु पढेर पनि जागिर नै खान पर्दैन, कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने प्रेरणाका श्रोत बनेका छन् ।..

माङसेबुङ गाउँपालिका–१ ले गर्यो बेसार प्रर्वधन शुरू

५ चैत, इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रर्वधन शुरू गरेको छ। स्थानीय एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारीसँग १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रर्वधन थालेको हो। “कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रर्वधनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ,” वडाध्यक्ष भूपाल योङहाङले भने, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको..

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

५ चैत, झापा । झापाको हुलाकी राजमार्गमा तीनजना सवार मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय अकालु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज–१ मा आइतबार राति सवा ९ बजेको समयतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो..

विराटनगरमा हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए

५ चैत, विराटनगर । विराटनगर महानगरपालिका–४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् । नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ । नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर..

पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा पोखराको ब्रान्डिङ हुन्छः प्रधानमन्त्री प्रचण्ड

४ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन् । आइतबार पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवद्र्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताएका हुन् । पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको उनको भनाइ छ । उनले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद,..

एकतर्फी प्रेमपछि हत्या

४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ । स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका–३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । २४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको..

भारतको मुम्बईमा काम गर्दै आएका आठ बालकको उद्धार

४ चैत । रौतहटका ७ र कपिलवस्तुका १ गरी ८ जना बालकलाई भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। भारतको मुम्बईमा श्रमिकको रूपमा काम गरिरहेका बालकहरूलाई राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा बाल हेल्प लाइन बारा, संरक्षण नेपाल बारा, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर लगायतका गैरसरकारी संस्था र भारतीय प्रहरी मुम्बईको सहयोगमा उद्धार गरिएको हो। उनीहरूलाई भारतको मुम्बईबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय बाराको रोहबरमा अभिभावकको जिम्मा लगाइएको सामुदायिक विकास तथा..

शान्ति सामुदायिक वनमा भीषण डडेलो

४ चैत, झापा । अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वनमा भीषण डडेलो लागेको छ । डडेलोका कारण गाँजाबारी, मिश्रटार, टाङ्टिङ, जोगिखाँद लगायतका स्थानको जङ्गलमा ठुला रुख बाहेक बिरुवा र लार्था सखाप भएको छ । सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले करिब २र३ दिन अगाडी जङ्गलमा डडेलो देखापरेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार डडेलो प्रभावित स्थानमा नियन्त्रणका लागि प्रयास गरिएको थियो । हावाको वहावका कारण आगो फैलिन पुगेको कोइरालाले बताउनुभयो । डडेलो..