कोरोना संक्रमणबारे अफवाह फैलाउने इलामका एक युवक पक्राउ

७ बैशाख, इलाम । इलाम जिल्लामा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक संञ्जालमा अफवाह फैलाउने एक युवक पक्राउ परेका छन । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले हिजो शनिवार पक्राउ गरेको हो । इलाम नगरपालिका वडा नं. ५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेरका थिए । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीका अनुसार शुक्रबार लिम्बूले बिब्ल्याँटेमा कोरोना..

तेह्रथुममा एक सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट, तीन जनाको रिपोर्ट पोजिटिभ

७ वैशाख, तेह्रथुम । तेह्रथुममा भएको १ सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्टमा तीन जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । जिल्लाका दुई नगरपालिका र चार वटा गाउँपालिकामा एक साथ भएको र्यापिड टेष्ट परिक्षणमा पोजिटिभ रिपोर्ट आएका तीन जना र शंकास्पद सात जना गरी १० जनाको स्वाब संकलन गरी पीसीआर टेष्टकालागि विराटनगर स्थित कोशी अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यलय तेह्र्रथुमका प्रमुख जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले बताउनुभयो । पीसीआर टेष्ट पछि..

मोरङमा लकडाउन तोड्ने ९८ जनालाई सडकमै कार्वाही

६ वैशाख, सुनसरी । सुनसरीमा लकडाउन तोड्नेलाई प्रहरीले सडकमै कार्वाही थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानबाट लकडाउन उल्लङ्घन गर्ने ९८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले शनिवार बिहानदेखी सुनसरीका विभिन्न सडकमा पैदल हिड्दै गरेको अवस्थामा जिल्ला भित्रका ५० जना र बाहिरी जिल्लाबाट सुनसरी आएका ९ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । उपरीक्षक पोख्ररेलले घरबाट काम बिना बाहिर सडकमा हिड्डुल गर्दै..


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

क्वारेन्टाइनमा आवश्यक पर्ने सामानहरु सुनसरी प्रशासनलाई हस्तान्तरण

६ वैशाख, सुनसरी । क्वारेन्टाइनमा आवश्यक पर्ने सामग्रीहरु सुनसरी प्रशासनलाई हस्तान्तरण गरिएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमित आशंका गरिएका र विदेशबाट आएकाहरुलाई राख्न निमार्ण गरिएका जिल्लाका क्वारेन्टाइनहरुका लागि वल्र्ड भिजन इन्टरनेशनल विराटनगर र सेभ द अर्थ सुनसरीले आवश्यक सामानहरु हस्तान्तरण गरेको हो । सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईका अनुसार प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई त्रिपाल, कम्बल, पानी राख्ने भाडा, हात धुने बाल्टीन, डोरी, सावुनलगायत सामानहरु..

पैदल हिड्नेकालागि खाजाको व्यवस्थापन गर्दे मोरङका स्थानिय

६ वैशाख, सुनसरी । लकडाउनले सवारी साधन बन्द भएपछि गन्तव्यमा पुग्न पैदल हिडेका बटुवाहरुलाई सुनसरी इनरुवाका समाजसेवी तथा स्थानीयहरुले खानेकुराको व्यवस्थापन गरिदिन थालेका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा नगरपालिका वडा नं. ३ सखुवागाछीमा पैदल हिडेका बटुवाहरुलाई चाउचाउ तथा पानीको ब्यवस्था गरिएको सामाजिक अगुवा भुपाल तिम्सीनाले बताउनुभयो । दिनरात लामो पैदल यात्रा गर्दै हिडेका बटुवाहरु बजार पसल बन्द भएका कारण गोजीमा पैसा भएपनि खानेकुरा किनेर खान नपाउने अवस्था रहेको..

घरबाहिर मान्छे देख्नसाथ सिधै क्वारेन्टाइनमा लगेर राख्छौंः सुनसरी प्रहरी

६ बैशाख, सुनसरी । पछिल्लो पटक प्रदेश नं. १ मा एकै दिनमा १२ जना कोरोना संक्रमित फेला परेपछि आजबाट लकडाउन झन् कडाईका साथ लागू गरिएको छ । प्रदेश नं. १ को उदयपुरमा रहेको मस्जिदमा १२ जना कोरोना सक्रमित भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रवार राती अवेरबाट लकडाउनमा कडाई गरेको होे । उदयपुरको मस्जिदमा रहेका १२ जना भारतिय नागरिकहरुमा कोरोना संक्रमणको पुष्टी भएपछि सुनसरीमा आजबाट मानिसहरुको आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको..

हावाहुरीका कारण हजार विघा भन्दा बढी क्षेत्रमा लागाईएको वालीमा क्षती, घरको छानो उडायो

६ बैशाख, जनकपुरधाम । गएराति आएको हावाहुरीले प्रदेश नं.२ का आठवटै जिल्ला प्रभावित भएका छन् । हावाहुरीले गर्दा हजारौं बिघामा लगाइएको बालीमा क्षति पुगेको बताईएको छ । कतिपयका घर भत्किनुका साथै घरको छानो पनि उडाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी कृषिमा क्षति भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिनुभएको छ । अहिले आठवटै जिल्लाबाट वालीमा भएको क्षतिबारे तथ्यांक संकलन गर्ने कार्य जारी रहेको..

दुहवीका युवा नेता भट्टराईद्धारा आर्थिक सहयोग

६ बैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिकाका युवा नेता सुमन भट्टराईले नगरपालिको राहत कोषमा १ लाख १ हजार रुपैया सहयोग गर्नुभएको छ । दुहवी नगर क्षेत्रका युवा नेता भट्टराईले शुक्रबार दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारलाई १ लाख १ हजार रुपैया बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संम्भावित संक्रमण जोखिमलाई न्यनिकरण गर्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका गरीब र न्यूनआय भएका..

संघिय सरकारको कोरोना कोषमा शीतलनिवासले जम्मा गर्याे ९ करोड ५० लाख

५ बैशख, काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोषमा ९ करोड ५० लाख रुपैयाँ जम्मा गरेको छ । आज शुक्रवार राष्ट्रपति कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको संघीय संचित कोषमा ९ करोड ५० लाख रुपैँया जम्मा गरेको हो । कोरोना भाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्ष २०७६/७७ को विभिन्न शीर्षक अन्तर्गतको बजेटबाट सो रकम उपलब्ध गराईएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता..

वीपी प्रतिष्ठान धरानमा एक सय बेडको आइसोलेसन सहितको कोरोना उपचार केन्द्र बन्दै

बैशाख ५ गते । विश्वभरी महारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रास बढेसंगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सय बेडको आइसोलेसन सहितको कोरोना उपचार केन्द्र बनाउने भएको छ । त्यसका लागि प्रतिष्ठानको पूर्व तर्फ रहेको पूर्नस्थापना केन्द्रलाई कोरोना उपचार केन्द्रको रुपमा छुट्टै व्यवस्थापन गर्न लागिएको बताइएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका अनुसार सय आइसोलेन बेडमा १० वटा आइसियु बेडको व्यवस्था गरिने छ । हाल..