आकास्मिक कक्षमा कार्यरत चिकित्सकलाई सर्जिकल माक्स

आकास्मिक कक्षमा कार्यरत चिकित्सकलाई सर्जिकल माक्स

२ जेष्ठ, सुनसरी । नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत चिकित्सक तथा नर्सका लागि सर्जिकल माक्स उपलब्ध गराएको छ ।

युके रहेका नेपाली काङ्ग्रेस पार्टीका कार्यकर्ताहरुको आर्थिक सहयोगमा १ सय २५ थान केएन ९५ माक्स उपलब्द गराइएको नगर सचिव श्याम पोखरेलले जानकारी दिनुभयो ।

तरुणदल क्षेत्रीय उपसभापति रवि राई, सुनसरी उपसभापति सन्तोष विकको पहलमा करिव ६० हजार बराबरको माक्स गरिद गरि उपलब्द गराइएको पोखरेलले जानकारी दिनुभयो । नगर पार्टी सभापति तथा धरान उपमहानगरका मेयर तिलक राईले सो माक्स प्रतिष्ठानका डा. प्रमेन्द्रप्रसाद गुप्तालाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर