दुहबीमा मन्दिरको जग्गा विक्रि प्रकरणमा ६ जनालाई भ्रष्टाचार सम्बन्धी मुद्दा

१९ जेष्ठ, सुनसरी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित सोनापुरमा रहेको राधाकृष्ण मन्दिरको विवादास्पद जग्गा विक्रि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ । मन्दिरको १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले मालपोत कार्यालय इनरुवाका तत्कालिन प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा सहित ६ जना विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेहरुमा मालपोतका शाखा..

छुरा प्रहारबाट धरानमा एक युवकको मृत्यु

१९ जेष्ठ, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित तरहरामा दुई युवा समुह विच भएको ग्याङ फाइटमा छुरा प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । गएराती स्थानिय युवा समुह विच ग्याङ फाइट हुँदा अन्धाधुन्द छुरा प्रहार भएको थियो । गम्भिर घाईते इटहरी २० निवासी ३० बर्षीय राजन राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते राईलाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो..

अधिराजकुमारी श्रुतीसँग सम्झनाका चार पलः ‘चितामा जल्न रुझ्दै कुर्नुपरेको मरण’

१९ जेष्ठ, काठमाण्डौँ । हामी जेष्ठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाउँछौं । वैधानिक रूपमा २०६५ जेष्ठ १५ गते नेपालमा गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । तर, भावनात्मक रूपमा मेरो लागि २०५८ जेठ १९ को रात नै राजतन्त्र सक्किएको थियो । त्यो कालरात्रि हामी नेपालीहरूका लागि सधैं दुर्भाग्यपूर्ण र दुःखद स्मरण भएर रहेको छ, रहने छ । त्यस बेला दिवंगत हुनेमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार..

लकडाउनको समयमा धरानबाट लागूऔषध कारोवारीहरुका पक्राउ पर्दे

१८ जेष्ठ, सुनसरी । लकडाउन जारी भएयता सुनसरीको धरानबाट प्रहरीले भारी मात्रामा लागूऔषध बरामद गर्न सफल भएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत्र २९ गते धरान–११ बाट ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । एक ग्राम ब्राउनसुगरसहित प्रहरीले हिमाल राई र दनि राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । यस्तै जेष्ठ १० गते प्रहरीले एक महिला..

झापा दमकका विपन्न परिवारलाई चिटीक्कको मनुना वस्ती

१८ जेष्ठ, झापा । दमक नगरपालिकाले विपन्न र घरवार विहिनहरुका लागि विपन्न आवास निर्माण कार्यक्रम अन्तर्गत नमुना बस्ती निर्माण गरिदिएको छ । नगरमा रहेका अति विपन्न तथा भूभिहीन परिवारलाई नगरले उक्त नमुना वस्तीमा स्थानान्तरण गरिएको छ । (यो समाचार लकडाउन सुरु हुनुभन्दा अघिल्लो दिन तयार पारिएको थियो ।) https://www.youtube.com/watch?v=UWBHmyq-rUY

मानसिक अस्वस्थताले निम्त्याएको दुःखद ‘बेलबारी घटना’

१८ जेष्ठ, काठमाण्डौँ । समाजमा कहिलेकाहीँ अकल्पनीय र दुःखद घटनाहरु घटने गर्दछन् । यस्ता घटना घटनुको पछाडि धेरै कारणहरु हुन सक्छन् । कहिलेकाहीँ मान्छेको मानसिक स्वास्थ्य अवस्था ठिक नहुँदा पनि, कहिलेकाहीँ यस्ता दुःखद घटना हुन पुग्छन् । यस्तै दुःखद घटना मोरङको बेलबारीमा घटेको छ । एक ३० बर्षिय जीवन लिम्बू नामका व्यक्तिले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरि आफुले पनि आफ्नो घाँटी आफैले रेटेर वीभत्स तरिकाले आत्महत्या गरेका..

चुलाचुली रेडक्रस उपशाखाद्धारा चुलाचलीका विपन्न परिवारलाई राहत वितरण

१७ जेष्ठ, इलाम । इलामको चुलाचुली रेडक्रस उपशाखाले चुलाचलीमा रहेका विपन्न २२ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । चुलाचुली वडा नं. ४ र ५ मा रहेका विपन्न परिवारहरुको पहिचान गरेर रु १ लाख वरावरको चामल, दाल, तेल लगायतका पाँच प्रकारका खाद्यान्न राहत सामाग्री आज वितरण गरेको हो । चुलाचुली रेडक्रस उपशाखाका सभापति अविनारायण खनालका अनुसार दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने विपन्न परिवारलाई लकडाउनको समयमा समस्या भएको हुँदा उनिहरुको पहिचान..

रुकुम हत्याकाण्डको विरोधमा इलामको ऐकबद्धता

१६ जेष्ठ, इलाम । कर्णाली प्रदेशको पश्चिम रुकुमस्थित चौरजहारी नगरपालिका वडा नं. ८ मा नवराज विकसहित ५ जना युवाहरुको हत्या गर्नेगरी भएको घटनाको विरोध स्वरुप आज इलाममा विभिन्न कार्यक्रमहरु भएका छन् । सयौंको संख्यामा इलामको ठूलो टुँडिखेलमा जम्मा भएका दलित अधिकारकर्मी, नागरिक अगुवा, सर्वसाधरणसहितको र्याली लकडाउनको समयमा सामाजिक दुरीको पालना गर्दै नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय इलाममा पुगेको थियो । रुकुम हत्याकाण्डका पींडितहरुलाई न्याय दे, वेपत्ताको खोजी गर, घाइतेको उपचार..

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देशः इतिहासको गतिलाई पछाडि फर्काउन कसैले सक्दैन (पूर्णपाठ)

१५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएउनुभएको छ । १२ औं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने प्रणाली विकासका क्रममा सानातिना कमीहरु देखा पर्नुलाई स्वभाविक भन्नुभएको छ । गणतन्त्र घोषणापछि अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेको भन्दै उहाँले गणतन्त्र..

कोरोनाको प्रकोपबाट बच्न सतर्कता अपनाउँदै इद उल फित्र मनाउन प्रधानमन्त्रीको आग्रह

१२ जेष्ठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो । बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा..