आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

५ कार्तिक, काठमाण्डौँ । नवरात्रको पाँचौँ दिन आज । दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कार्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी..

टीकाको शुभ साइत बिहान १०ः१९ बजे

४ कार्तिक, काठमाण्डौँ । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । कार्तिक १० गते बिहान १० बजेर १९ मिनेटमा शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने छ । यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र..

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै

४ कार्तिक, काठमाण्डौँ । आज नवरात्रको चौथो दिन, दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्र्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान..

प्रधानमन्त्रीसहित सबै मन्त्रीले पाउने दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

३ कार्तिक, काठमाण्डौँ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज (सोमवार) मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यस्तो जानकारी दिनुभएको हो । ‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘संघीय मन्त्रीपरिषद्को निर्णयको..

सरकारको प्रवक्ताको जिम्मेवारी संञ्चारमन्त्री गुरुङलाई

३ कार्तिक, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतको भनाई छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता हुनुहुन्थ्यो । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुनुहुन्छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा संञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत..

इलामको माई नगरपालिकामा शिक्षकको हत्यारा पक्राउ

३ कार्तिक, इलाम । इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका वडा नं. १ का ४५ बर्षिय पदम राई रहेका छन् । संघीय प्रहरी इकाई धरानको ‘लैला’ नामक ट्रयाकर कुकुरको सहायतामा पदमबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गत असोज २९ गते अन्दाजी साढे १० बजेको समयमा पदमबहादुरको आगनमा पुष्पलाको शव फेला परेको थियो । घटना..

झापामा कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा जारी

३ कार्तिक, झापा । दशैं शुरु भएको र जिल्लामा कोरोना संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले गएराती (कार्तिक २ गते) देखि कोजाग्रत पूर्णिमासम्म बेलुकी ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पनि सो सम्बन्धिको निर्णय गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्धारा हस्ताक्षर गरिएको जारी सो सूचनामा अत्यावश्यक काममा बाहेक सो समय भित्र..

ताप्लेजुङमा हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै

३ कार्तिक, ताप्लेजुङ । ताप्लेजुङको कञ्जनजङ्घा वन्यजन्तु संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं. ६ स्थित समुन्द्र सतहदेखि करिव चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत..

गस्तीमा हिडेका असईको घाँटी रेटेर हत्या, अर्का प्रहरी जवान बेपत्ता

३ कार्तिक, कैलाली । गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ । उनको शव हिजो बिहान मोहना नदीमा फेला परेको थियो । प्रहरीका अनुसार तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका–बनकट्टी घाटमा तस्कर समूहले शनिबार राति उनको हत्या गरेको हो । विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात..

सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग रहन्छः प्रधानमन्त्री ओली

२ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरणमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ । आज आईतबार ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को अनलाईन भर्चुअलमार्फत शुभारम्भ गर्नुहुँदै रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री ओलीले कोभिड—१९ को रोकथाम र नियन्त्रणमा नेपाली सेनाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै हुने यस्ता नियमित अन्तरक्रिया र छलफलबाट महत्वपूर्ण निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा..