समाज

निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुग्यो
२१ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरस संक्रमणको कारण निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुगेको छ । गृह मन्त्रालयका अनुसार स्थानीय प्रशासनले ३७ जिल्लामा पूर्ण र ८ जिल्लाका निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरिरहेका छन् । सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली..

नेपालमा आज थपिए ७ हजार २ सय ११ कोरोना संक्रमित, ३०–३९ उमेर समुहका धेरै
१९ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । युवा उमेर समुहकामा संक्रमण बढी देखिएको छ । आज सात हजार दुई सय ११ जना कोरोना संक्रमित थपिएको मध्ये ३० देखी ३९ वर्ष उमेर समुहका संक्रमितको संख्या बढी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २०–२९ वर्ष उमेर समुहको संक्रमितको सख्या १७ सय ६७ रहेको छ । यसैगरी, ४०–४९ वर्ष उमेर समुहको संक्रमितको संख्या १२ सय २०..

खानेपानी मन्त्री थापालाई कोरोना सङ्क्रमण
१७ वैशाख, काठमाण्डौँ । खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उहाँको हिजो स्वाब सङ्कलन गरिएको थियो । उहाँकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो । मन्त्रीसहित उहाँको सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन । सङ्क्रमण पुष्टि..

झापाको झापा गाउँपालिका देशकै पहिलो उज्यालो पालिका घोषणा
१७ वैशाख, झापा । झापा जिल्लाको झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिएको छ । आफ्नो क्षेत्रभित्रका सबै घर, सवै टोल र गाउँगाउँमा बिजुली बत्ती पुर्याउन सफल भए संगै झापा गाउँपालिकालाई उज्यालो पालिका घोषणा गरिएको हो । उज्यालो पालिका बन्ने झापा गाउँपालिका देशकै पहिलो बनेको छ । देशको कुनै पनि पालिका अहिलेसम्म उज्यालो पालिका घोषणा गर्न सफल भएको छैन । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल..

झापामा तत्कालै निषेधाज्ञा जारी हुदैनः प्रजिअ तिम्सिना
१६ वैशाख, झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्कालै निषेधाज्ञा जारी नहुने बताउनुभएको छ । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँले निषेधाज्ञा जारी नहुने बताउनुभएको हो । झापामा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २३९ मात्र रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गर्नु पर्ने प्रजिअ तिम्सिनाको..

मधेश आन्दोलनसँग सम्बन्धित १२० अभियुक्तका मुद्दा फिर्ता लिने सरकारको निर्णय
१५ वैशाख, काठमाण्डौँ । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका एक सय २० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सुचना प्रविधीमन्त्री पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

आजमात्र नेपालमा थपिए ४५ सय बढी कोरोना संक्रमीत
१४ वैशाख, काठमाण्डौँ । आजमात्र नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा चार हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट एक हजार नौँ जनाको परीक्षण गर्दा १६० जनामा..

संञ्चालन भइरहेको स्नातक तहका सबै परीक्षाहरू स्थगित, लाखौँ लाख विद्यार्थी प्रभावित
१४ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि भौतिक उपस्थितिमा संचालन भइरहेका पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका छन् । त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालय र तहका परीक्षाहरू स्थगित भएको हो । वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले बताउनुभयो । यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित र अगामि दिनमा सञ्चालन हुने सबै पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको परीक्षा..

उपत्यकामा वैशाख १६ देखि अत्यावश्यक बाहेकका सेवा बन्द
१४ वैशाख, काठमाण्डौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा र यातायात बन्द गरिएको छ । आज काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा उक्त..

विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुरा !
१२ वैशाख, काठमाण्डौँ । ठिक आजकै दिन, छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । वि.सं. २०७२ वैशाख १२..