समाज

राष्ट्रपति भण्डारीद्वारा शपथसम्बन्धी अध्यादेश जारी
६ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा शपथसम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति मार्फत जनाएको हो । नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको केही शब्द वाचन नगरेपछि विवाद उत्पन्न भएको थियो । कानुन व्यवसायीहरुले राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा..

सर्वाेच्च अदालतको आदेशले ७ मन्त्री पदमुक्त
६ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्च अदालतले सांसद नभएका ७ जना मन्त्रीलाई दोस्रोपटक पुनः मन्त्री बनाउनुलाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुको दोस्रोपटक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । अदालतको अन्तरिम आदेशपछि ७ पूर्वमाओवादी मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । पदमुक्त हुनेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री..

झापाका युवाहरुको पहलमा प्रहरीलाई मास्क तथा सेनिटाईजर वितरण
५ जेष्ठ, झापा । नेपाल विद्यार्थी संघ झापाका नेता विशाल सिटौलाको नेतृत्वमा फ्रन्टलाईनमा खटिने प्रहरीलाई मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । झापाको निर्वाचन क्षेत्र न. ४ (क) मा पर्ने झिलझिले प्रहरी चौकी, शिबगन्ज प्रहरी चौकी, महाभारा प्रहरी चौकी र कुन्झिबारी प्रहरी चौकीमा पुगेर उनीहरुले प्रहरी अधिकारीहरुलाई मास्क विरण गरेका हुन् । विभिन्न प्रहरी कार्यलयबाट नागरीकको शुरक्षामा खटिने प्रहरी र विना मास्क बाहिर निस्कने नगरीकहरुको शुरक्षाका लागि मास्क वितरण गरिएको..

गाउँपालिका अध्यक्ष यादवलाई थुनामा राख्न आदेश
४ जेष्ठ, सुनसरी । जिल्ला अदालत सुनसरीले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई थुनामा राख्न आदेश दिएको छ । यादव विरुद्ध सुनसरी जिल्ला अदालतमा आइतबार जबरजस्ती करणी मुद्दा दर्ता भएकोमा सोमबार भएको थुनछेक बहस पछि यादवलाई थुनामा राख्न आदेश दिएको हो । सुनसरी जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोख्रेलका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले सोमबार बकपत्र गर्ने काम र बयान सकिएपछि यादवविरुद्धको मुद्दामा थुनछेक बहस..

मन्त्रिपरिषद बैठक सम्पन्नः कोरोना विशेष अस्पताल बनाउने कार्यविधि पारित
२५ वैशाख, काठमाण्डौँ । आज बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । बालुवाटारमा बसेको बैठकले कोरोना विशेष अस्पताल बनाउने कार्यविधि पारित गरेको छ । सो निर्णयअनुसार अब वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाईने छ । त्यस्तै, यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि नियमित अविधेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय पनि भएको छ ।

आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
File photo. २५ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताउनुभयो । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उहाँको सक्रियता बढेको छ ।..

मास्क कसरी प्रयोग गर्ने ? धुन मिल्छ कि मिल्दैन ?
२५ वैशाख, काठमाण्डौँ । हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ । के यस्तो गर्नु राम्रो हो ? विज्ञहरु के भन्छन् ? यति मात्र होइन, कपडाको मास्क लगाउनु ठीक हो कि होइन ? आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल हामीकहाँ अहिले पनि उत्तिकै छ । यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप..

आजदेखि देशको मौसममा सामान्य सुधार आउने
२५ वैशाख, काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशको मौसममा सामान्य सुधार आउने बताएको छ । हाल देशको पहाडी भू–भागका केही स्थान तथा प्रदेश–१ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । यस्तै अपराह्नतिर देशका..

कोरोना विरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्र संघलाई उपप्रधानमन्त्रीको ताकेता
२४ वैशाख, काठमाण्डौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोरोना विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्र्तगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो । ‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स..

सांसदहरुको स्वाब संकलन सुरू
२२ वैशाख, काठमाण्डौँ । प्रतिनिधी सभा र रष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिने छ । भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय..