संञ्चालन भइरहेको स्नातक तहका सबै परीक्षाहरू स्थगित, लाखौँ लाख विद्यार्थी प्रभावित

संञ्चालन भइरहेको स्नातक तहका सबै परीक्षाहरू स्थगित, लाखौँ लाख विद्यार्थी प्रभावित


१४ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि भौतिक उपस्थितिमा संचालन भइरहेका पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका छन् । त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालय र तहका परीक्षाहरू स्थगित भएको हो ।

वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले बताउनुभयो । यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित र अगामि दिनमा सञ्चालन हुने सबै पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको परीक्षा नियन्त्रक प्राडा टेकराज ज्ञवालीले सूचना जारी गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको सञ्चालन भइरहेको स्नातक तहका सबै परीक्षाहरू सोमबार लेखि अर्काे सूचना नआएसम्मको लागि स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । सिसिएमसीको निर्देशन अनुसार सोमबार परीक्षा संचालक समितिको बैठक बसी कोरोना संक्रमण्को उच्च जोखिमको अवस्थामा परीक्षा संचालन गर्न नसकिने भन्दै बैशाख १४ गतेदेखि १९ गतेसम्मको सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको उहाँले जनाउनुभयो । त्रिविले वैशाख ५ गतेदेखि स्नातक तहका परीक्षाहरू सुरु गरेको थियो ।

‘परीक्षा स्थगितका कारण त्रिविका सबै संकाय तथा संस्थान तर्फका वार्षिक तथा सेमेस्टर तर्फका २ लाख २५ हजार विद्यार्थीहरू प्रभावित बनेका छन्,’ परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, ‘सरकारको निर्णय मान्दै संचालक समितिले सम्पूर्ण परीक्षाहरू अर्काे सूचना नआएसम्मकोलािग स्थगित गरेको हो ।’

सिसिएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले देशभरका विद्यालय तथा शिक्षालयहरूमा विद्यार्थीहरूबाटै कोरोना संक्रमणको उच्च जोखिम बढ्ने देखिएकोले भौतिक उपस्थिति नभई भर्चुअल र बैकलिप्क विधिबाट मात्र पठनपाठन जारी राख्नु पर्ने निर्णय गरेको सिसिएमसी सचिवालय संयोजक तथा सरकारका सचिव डा। खगराज बरालले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर