शिवसताक्षीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

शिवसताक्षीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

१५ जेठ, झापा । झापाको शिवसताक्षीमा पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति अन्दाजी ८ः३० बजेको समयमा शिवसताक्षी ९ मिलन चौकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२७च ११२१ नं को पिकअप गाडीले पैदलयात्री शिवसताक्षी नगरपालिका ९ बस्ने बर्ष ६०–६२ का पुत्रथाम राईलाई ठक्कर दिएको थियो ।

टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भएका राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेको मोबाइल गाडीद्वारा उद्दार गरी उपचारको लागि अस्पताल लगिएको थियो । बिर्तामोडको बी.एण्ड.सी. हस्पिटलमा राति ९ः२५ बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने सवारी तथा चालक शिवसताक्षी ९ बस्ने २८ वर्षीय अंकित चौधरी प्रहरी नियन्त्रणमा रहेको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर