विशेष

बिर्तामोडकी विष्णुमायाको हत्या आरोपमा दुई जना पक्राउ
१७ जेठ । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ बर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो । त्यसबारे विस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या..

१३ वर्षीया बालिका करणीको अभियोगमा ५८ वर्षीय सापकोटा पक्राउ
१७ जेठ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त
१७ जेठ । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए । बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा गएपछि अर्याल सदस्य सचिव भएका हुन् । यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परिक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकुल प्रविधिमैत्री..

श्रमाधान रोजगार मेला आजदेखि विराटनगरमा
१७ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा उद्घाटन गर्दैछन् । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ गर्न लागिएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल,..

बंगबन्धु कप कबड्डी- नेपालको लगातार तेस्रो जित
१७ जेठ । बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७-४५ ले पराजित गरेको हो । उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए । नेपालले यसअघि मलेसिया र पोल्याण्डलाई पराजित गरेको थियो । नेपालले बिहीबारै बेलुका इन्डोनेसियासँग चौथो खेल खेल्नेछ । यस्तै समूहको..

माधवजी अर्को गठबन्धनमा जाने सम्भावना छैन- प्रचण्ड
१७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान गठबन्धन बाहिर नजाने जिकिर गरेका छन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विपक्षी दलहरूको बैठकमा सहभागी भएको बारे सञ्चारकर्मीसँग कुरा गर्दै विहीबार बिहान प्रचण्डले भने, ‘माधवजीको त्यस्तो हुने संभावना छैन ।’ बिहीबार बिहान प्रचण्डलाई भेट्न झलनाथ खनाल बालुवाटार पुगेका थिए । माधव नेपाल असन्तुष्ट रहेका कारण गठबन्धन छाड्न सक्ने चर्चा थियो । तर..

एन्फा एकेडेमीमा छनौट भएका खेलाडीलाई मासिक ८ हजार दिने शिवसताक्षी नगरको घोषणा
१७ जेठ, शिवसताक्षी । शिवसताक्षी नगरपालीकाले एन्फा एकेडेमीमा छनौट भएका नगरका दुई खेलाडीलाई मासिक ८ हजार दिने घोषणा गरेको छ । मङलबार शिवसताक्षी नगर खेलकुद बिकास समितिले आयोजना गरेको एन्फा एकेडेमीमा छनौट हुन सफल यु१३ का दुई खेलाडी सम्मान तथा बिधाइ कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख मेगाहाङ थोप्राले यस्तो घोषणा गरेका हुन । उनले भने शिवसताक्षी नगरपालीका कृषि र पर्यटन क्षेत्रमा जिल्लाको अब्बल पालिका भएको र खेलकुद क्षेत्रमा पनि यस..

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
१७ जेठ । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको थियो । प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । जिपमा ८ जना रहेको अनुमान प्रहरीले गरेको छ । मृतकको सनाखत हुन..

हजिरी जमानीमा छुटे कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया
१७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हजिरी जमानीमा हिरासतमुक्त भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको हो। जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकारीले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरेको बताएका छन्। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ ९१० मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ। ८..

विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै
१७ जेठ । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो । अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप..