अल–हिलालले जित्यो किंग्स कप

१९ जेठ । अल–नासरलाई पराजित गर्दै अल–हिलालले किंग्स कपको उपाधि जितेको छ। जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा शुक्रबार राति सम्पन्न खेलमा अल–हिलालले पेनाल्टी सुटआउटमा नासरलाई ५–४  गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। खेलको सातौं मिनेटमै एलेक्जान्डर मिट्रोभले गोल गर्दै हिलाललाई सुरुआती अग्रता दिलाएका थिए। ५६औं मिनेटमा डेभिड ओस्पिनाले रातो कार्ड पाउँदा नासर १० खेलाडीमा समेटियो। ८६औं मिनेटमा हिलालका अली अल –बुलेहीले..

लोसपाले पाँच लाख सदस्यता वितरण गर्ने

१७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डेढ महिनाभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ । २०८२ मा पार्टीको महाधिवेशन गर्ने लक्ष्यसहित सुरु गरिएको सदस्यता वितरण अभियानमार्फत पाँच लाख सदस्यता वितरण गरिने पार्टीका महासचिव मनिष मिश्रले बताए । लोसपाले जेठ ११ गतेदेखि सदस्यता वितरण अभियान सुरु गरेको छ । मधेश प्रदेशका आठवटा जिल्लामध्ये सात वटामा अभियान सम्पन्न भइसकेको छ । अर्काे चरणमा लुम्बिनी प्रदेश तथा कोशी प्रदेशमा सदस्यता वितरण..

सीआईबीको प्रहरी भन्दै सुन पसल लुट्ने समूहका एकजना पक्राउ

१७ जेठ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भन्दै डाँकाको समूहले सुन पसल लुटपाट गरेको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन पक्राउ परेका हुन् । पक्राउ परेका पाइन यसअघि २९ मंसिर २०७० मा ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परी ४ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । पक्राउ परेका पाइनबाट सुनको जन्तर, मंगलसुत्र, अमेरिकी डलर..

सकर लिगमा एटलान्टा युनाइटेडसँग इन्टर मियामी पराजित

१७ जेठ । साबा लोब्जिनेद्जेले दुई गोल गरेसँगै अमेरिकी सकर लिगमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई पराजित गरेको छ। चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा एटलान्टाले मियामीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। खेलको ४४औं मिनेटमै साबाले गोल गर्दै एटलान्टालाई सुरुआती अग्रता दिलाए। उनले ट्रिस्टन मुयुम्बाको पासमा गोल गरे। ५९औं मिनेटमा ब्रूक्स लेननको पासमा साबाले दोस्रो गोल गरे। तर, ६२औं मिनेटमा लिओनल मेसीले गगोल गर्दै मियामीलाई २-१ को स्थितिमा फर्काए। उनले सर्जियो..

नेपालले चारदेशिय फुटबल प्रतियोगिता खेल्ने

१७ जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चारदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटब संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ। ‘लेबनानले यसका लागि हाम्रो टोलीलाई पनि निमन्त्रणा पठाइएको छ । हामीले यस प्रतियोगिताको लागि तयारी थालिसकेका छौं,’ उनले भने । प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने उनले बताए । यस प्रतियोगिताका..

कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै सरकारले कोरोनाविरुद्धको थप खोप ल्याउने

१७ जेठ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोप ल्याउने ६ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिए ।..

अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

१७ जेठ । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको हो । “हाम्रो अनुरोधपछि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई पुनः अन्तर्वार्ताको लागि आज (बिहीबार) अपराह्न बोलाएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते लामिछानेलाई अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको..

रुस–युक्रेनमा मारिएका तीन नेपालीको अस्तु ल्याइँदै

१७ जेठ । रुसको मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा मारिएकामध्ये तीनजनाको अस्तु नेपाल पठाउने भएको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये परिवारको सहमति र दूतावासको पहलमा तीनजनाको रुसमै अन्त्येष्टि गरिएको थियो । परिवारको सहमतिमा रुसमै अन्त्येष्टि गरिएकामा स्याङ्जाका प्रितम कार्की, कास्कीका देवान राई र स्याङ्जाका हरि अर्याल छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तीनजनाको अस्तु अहिले मस्कोस्थित..

नेपालबाट दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात

१७ जेठ । नेपालले दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ । वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत गृहबाट विद्युत उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो । खोला तथा नदीमा पानीको बहाब बढेसँगै..

देशप्रतिको नकारात्मक भाष्यले नेपालीहरूको देश भाव मर्दै छ- प्रधानमन्त्री ‘प्रचण्ड’

१७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशप्रतिको नकारात्मक भाष्यले नेपालीहरूको देश भाव मर्दै गएको बताएका छन् । विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै दाहालले देशमा सम्भावना नै सम्भावना भए पनि यहाँ केही छैन भन्ने भाष्य सृजना भएकाले यसलाई चिर्नुपर्ने बताए । यहाँ बसेर के हुन्छ ? भनेर राज्यलाई गाली गर्ने चरित्र बदल्न जरुरी भएको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘केही समयदेखि देशमा यति राम्रो सम्भावना हुँदा हुँदाहुँदै..