सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

१७ जेठ । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको थियो । प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । जिपमा ८ जना रहेको अनुमान प्रहरीले गरेको छ ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर