विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव

२३ जेठ, जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो..

ट्वान्टी-२० विश्वकप- नेपाल पहिलो खेलमै पराजित

२३ जेठ ।  नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप हारबाट सुरुआत गरेको छ। समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो। नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए। अविजित रहेका उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११..

बालेनले संयमता गुमाउँदै गएको एमाले सचिव योगेश भट्टराईको टिप्पणी

२२ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् । संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्काे आलोचना गरे । मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्‌भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’ ०५४ मा एमालेले काठमाडौं..

लागुऔषध ओसारपसार गर्न पठाओको प्रयोग

२२ जेठ । लागुऔषध ओसारपसार गर्न राइड शेयरिङ व्यवसाय पठाओको प्रयोग गर्न गरिएको खुलेको छ । बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको लागुऔषध गन्तव्यसम्म पुर्‍याउन पठाओ राइडरलाई भरियाको रुपमा प्रयोग गरिएको खुलेको छ । पठाओलाई लागुऔषध ओर्सान लगाउने महिला र बाहिरी जिल्लाबाट लागुऔषध लिएर आउने युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका–९ स्थित २७ वर्षीय मेघबहादुर ठकुरी र बागमती–४ घर भई काठमाडौं माकलबारी बस्ने ३४ वर्षीया..


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

मेचीनगरको एक घरमा आगलगी हुँदा दुई लाख बराबरको क्षति

२२ जेठ । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । उक्त समयमा घरका मानिस आफन्तकोमा पाहुना गएको प्रहरीले बताएको छ । आगलागीको खबर पाएपछि प्रहरी चौकी चारआलीबाट प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट घरभित्र रहेको लत्ता कपडा, भाडा..

बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी- नेपाल उपविजेतामा सिमित

२२ जेठ । बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । सोमबार ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५–३१ ले पराजित भएपछि उपविजेता बनेको हो । १२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ए को उपविजेता तथा बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेका थिए । नेपालले सेमिफाइनलमा समूह बी को विजेता केन्यालाई हराएर फाइनल पुगेको थियो । बंगलादेशले भने सेमिफाइनलमा थाइल्याण्डलाई..

पोखरा महानगर क्षेत्रभित्र २ लाख २६ हजार २६१ विरुवा लगाइने

२२ जेठ । पोखरा महानगरपालिका क्षेत्रभित्र २ लाख २६ हजार २६१ विरुवा लगाइने भएको छ। ‘स्वच्छ शहरः हरित सहर’को रूपमा विकास गर्ने उद्देश्यले महानगरले विरुवा रोप्न लागेको हो। सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीतिका लागि महानगरले वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले मेयर धनराज आचार्यलाई मंगलबार प्रतिवेदन बुझाउँदै २ लाख बढी क्षेत्रमा वृक्षारोपण गर्न सकिने बताएको हो ।..

टी-२० विश्वकप- नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

२२ जेठ । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड..

भारतमा १८औं लोक सभा निर्वाचनको मतगणना सुरु

२२ जेठ । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना सुरु भएको छ । पूर्वनिर्धारित समय अनुसार आज बिहानदेखि मत गणना सुरु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ५४२ सिटका लागि भएको निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणले यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखाएको छ । मत सर्वेक्षणअनुसारकै नतिजा निस्किएमा नरेन्द्र मोदी तेस्रो..

प्रधानमन्त्री ‘प्रचण्ड’ले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे ।..