बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी- नेपाल उपविजेतामा सिमित

बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी- नेपाल उपविजेतामा सिमित

२२ जेठ । बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।

सोमबार ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५–३१ ले पराजित भएपछि उपविजेता बनेको हो ।

१२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ए को उपविजेता तथा बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेका थिए ।

नेपालले सेमिफाइनलमा समूह बी को विजेता केन्यालाई हराएर फाइनल पुगेको थियो । बंगलादेशले भने सेमिफाइनलमा थाइल्याण्डलाई पराजित गरेको थियो ।

समूह चरणमा पाँच मध्ये चार खेल जितेको नेपाल बंगलादेशसँगै पराजित भएको थियो । फाइनलमा पनि नेपालले बंगलादेशसँग खेल्दा बदला लिने अवसर थियो । तर, घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले नेपाललाई दोस्रो पटक हराउँदै उपाधि उचाल्यो ।

बंगलादेश लगातार चौथो पटक च्याम्पियन बनेको हो । नेपाल पहिलो पटक उपविजेता बनेको हो ।

फाइनलमा पराजित भएपनि नेपाली टिमका कप्तान घन्श्याम रोका मगर प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

प्रतिक्रिया:

सम्बन्धित खवर