विशेष

कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
२३ जेठ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्दैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । यसपटक..

पोखराका सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा
२३ जेठ, पोखरा । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका..

चारआली ब्यारेकको परिकल्पनामा सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम
२३ जेठ, झापा । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम भएको छ। मंगलबाार झापाको मेचीनगर–१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापन सम्बन्धी बृहत डेमोस्ट्रेसन भएको हो । जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा आयोजित उक्त अभ्यास करिब दुई घण्टा चलेको थियो । विपद पश्चातको खोज उद्धार र..

फेरि आफैँले सरकार बनाउने मोदीको घोषणा
२३ जेठ । भारतमा अपेक्षा गरेभन्दा कम सिट आफ्नो गठबन्धनले ल्याए पनि फेरि नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । मंगलबार भाजपा पार्टी कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै मोदीले चुनावी विजय विश्वकै सबैभन्दा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन् । उनले भावी सरकार आफूहरूले बनाउने समेत बताए । यसलाई भारतीयको विजयको संज्ञा दिँदै मोदीले गरिबी देशबाट नहटेसम्म नरोकिने बाचा समेत गरेका छन् । भाजपा देशको सबैभन्दा ठूलो पार्टीको..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलको जित
२३ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फिनल्यान्डलाई पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पोर्चुगल ४-२ गोलअन्तरले विजयी भएको हो। पहिलो हाफको १६ मिनेटमा रुबेन डायस र इन्ज्युरी समयको चौथो मिनेटमा डियागो पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए। ५६औं मिनेटमा ब्रुनोले गोल गरे। ७२ र ७६औं मिनेटमा तिमु पुक्कीले गोल गर्दै फिन्डल्यान्डलाई ३-२ को स्थितिमा ल्याए। तर, ८४औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल..

विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव
२३ जेठ, जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो..

ट्वान्टी-२० विश्वकप- नेपाल पहिलो खेलमै पराजित
२३ जेठ । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप हारबाट सुरुआत गरेको छ। समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो। नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए। अविजित रहेका उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११..

बालेनले संयमता गुमाउँदै गएको एमाले सचिव योगेश भट्टराईको टिप्पणी
२२ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् । संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्काे आलोचना गरे । मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’ ०५४ मा एमालेले काठमाडौं..

लागुऔषध ओसारपसार गर्न पठाओको प्रयोग
२२ जेठ । लागुऔषध ओसारपसार गर्न राइड शेयरिङ व्यवसाय पठाओको प्रयोग गर्न गरिएको खुलेको छ । बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको लागुऔषध गन्तव्यसम्म पुर्याउन पठाओ राइडरलाई भरियाको रुपमा प्रयोग गरिएको खुलेको छ । पठाओलाई लागुऔषध ओर्सान लगाउने महिला र बाहिरी जिल्लाबाट लागुऔषध लिएर आउने युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका–९ स्थित २७ वर्षीय मेघबहादुर ठकुरी र बागमती–४ घर भई काठमाडौं माकलबारी बस्ने ३४ वर्षीया..
Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

मेचीनगरको एक घरमा आगलगी हुँदा दुई लाख बराबरको क्षति
२२ जेठ । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । उक्त समयमा घरका मानिस आफन्तकोमा पाहुना गएको प्रहरीले बताएको छ । आगलागीको खबर पाएपछि प्रहरी चौकी चारआलीबाट प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट घरभित्र रहेको लत्ता कपडा, भाडा..