विशेष

मोदीको शपथमा नयाँदिल्ली जाँदै प्रचण्ड
२४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् । स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको छ । तर कहिले जाने भन्ने निश्चित हुन बाँकी छ ।’ लोक सभा निर्वाचन..

युएईसँग खेल्दै नेपाल
२४ जेठ । नेपालले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएईसँग बिहीबार प्रतिस्पर्धा गर्ने भएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९: ४५ बजेबाट सुरु हुने छ। एएफसी (एसियाली फुटबल महासंघ)ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ दमाममा खेल्न लागेको हो। समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेकाे छ। यसले सीधै..

पूर्वसभामुख सापकोटाविरुद्धकाे मुद्दाको फैसला असार १२ मा हुने
२३ जेठ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाकाे आगामी असार १२ गते फैसला हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबारको सुनुवाइपछि निर्णय सुनाउने दिन असार १२ गतेलाई ताकेको हो । पूर्व सभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

डी ब्रुएना फ्रि एजेन्टको रुपमा साउदी जाने
२३ जेठ । म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएना अर्को वर्ष फ्रि एजेन्टको रुपमा साउदी अरब जाने भएका छन्। बेल्जियमका ३४ वर्षीय स्टार स्ट्राइकरले इंग्लिस प्रिमियर लिग लिग क्लबमा १० सिजन पूरा गरेका छन्। 'मेरो उमेरमा तपाईं सबै कुराको लागि खुला हुनुपर्छ,' डी ब्रुएनाले भने। करिब १८ महिनाअघि क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका थिए। साउदी लिग क्लबहरूले शीर्ष खेलाडीहरूलाई आकर्षित गर्न करोडौं डलर खर्च गरिरहेको छ। करिम बेन्जेमा र नेयमारपनि रोनाल्डोलाई पछ्याउँदै साउदी..

स्वदेशी आलु–प्याजमा भ्याट हटाइयो- अर्थमन्त्री पुन
२३ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले यस वर्ष हटाएको बताएका छन् । आलु, प्याज र स्याउमा लिँदै आएको भ्याट आगामी आर्थिक वर्ष २०८१र८२ मा हटाएपछि नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरेका थिए । उनीहरुले चालु आर्थिक वर्षमा विदेशी आलु प्याज र स्यायमा उत्पादनमा मात्र भ्याट लगाइएको र त्यसको स्वदेशी उत्पादनलाई प्रोत्साहन पुगेको..

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा
२३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार २४० सिट जितसहित पहिलो पार्टी बनेको भारतीय जनता पार्टीले फेरि अर्को सरकार गठनको पहल थाल्नेछ । नरेन्द्र मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ । त्यसबाहेक विपक्षी गठबन्धनले पनि सरकार..

सहकारी पीडितले कालो झण्डा देखाएपछि प्रचण्डले भने– तपाईंहरुले ब्लण्डर गर्नुभयो
२३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् । उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । प्रचण्डले भने, ‘यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो । यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो ।

विस्फोटक पदार्थ लिएर हिंडेका २ युवक पक्राउ
२३ जेठ । विस्फोटक पदार्थ लिएर हिँडेको आरोपमा दुई युवकलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका २७ वर्षीय विकास कुमाल र सोही ठाउँका २७ वर्षकै वसन्त कुमाल छन् । सोमबार बिहान साढे ९ बजे उनीहरुलाई अस्थायी प्रहरी पोस्ट सभाखोलाले पक्राउ गरेको हो । तुम्लिङटारबाट मोटरसाइकलमा लेगुवातर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर रामकुमार लामिछानेले बताए । को १७..

अर्थमन्त्री पुनलाई सांसद गिरीको खबरदारी
२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले कार्यक्रम घोषणा गर्ने तर, कार्यान्वयन नगर्ने प्रवृति नपछ्याउन सरकारलाई आग्रह गरेका छन् । बुुधवार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उदाहरणका रुपमा उनले बजेटमा सातै प्रदेशमा बृद्धाश्रम बनाउने विषय आएको उल्लेख गर्दै यसको कार्याँवयनको पखाईमा आफू रहने बताए । ‘सातै प्रदेशमा सुविधा सम्पन्न बृद्धाश्रमको स्थापना गरिनेछ भनेर बडो गहकिलो शब्द उल्लेख गरिएको छ । हेर्छु मैले..

स्वास्थ्य अवस्थाका कारण मधेशका मुख्यमन्त्री यादवले २८ गते मात्र विश्वासको मत लिने
२३ जेठ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन..