विशेष

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई नेकपा एसले दियो २५ लाख सहयोग
२१ कार्तिक, कामाण्डौँ । जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई राहत जुट्ने क्रम जारी छ । राजनीतिक दलहरूले पनि घोषणा बमोजिम रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिरहेका छन् । यसैक्रममा आज बिहान नेकपा (एकीकृत समाजवादी)ले पनि सहयोग रकम हस्तान्तरण गरेको छ । पार्टीले घोषणा गरे बमोजिमको २५ लाखको चेक पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी..

पञ्चमी बजारमा तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने
२० कार्तिक, इलाम । इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिकाको संगम स्थल चिसापानी पञ्चमी बजारमा यहि कार्तिक २७ गते बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा माङसेबुङ ६ र मिक्लाजुङ ५ मा रहेको पञ्चमी बजारमा कार्यक्रम सञ्चालन हुन लागेको हो । पुरानो इतिहास बोकेको मिर्मिरे साँस्कृतिक परिवार र द नेक्सस ब्याण्डको संयुक्त आयोजनामा कार्यक्रम हुन गइरहेको मुल समिति सह-संयोजक एक्सन माकृहाँङले जानकारी दिए..

‘सिक्स ओ क्लक’ले दमकमा फुटसल आयोजना गर्दै
२० कातिक, दमक । झापाको दमकमा असोज २५ गते बाट नगरका संगठित संस्थाहरु बिच फुटसल प्रतियोगिता हुने भएको छ । सोमबार एक कार्यक्रमका बिच आयोजकले दुई दिने प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै खेलको सबै तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता असोज २६ गते सम्म सञ्चालन हुनेछ । दमक ९ का युवाहरुको समूह सिक्स ओक्लकले दशैं तिहार तथा छठ पर्वको अवसरमा आयोजना गर्न लागेको प्रतियोगिता दमक ९ स्थित रणभूमि फूटसलको खेल..

जाजकोटमा आज फेरि शक्तिशाली भूकम्पको धक्का महशुस, स्थानिय त्रसित
२० कार्तिक, जाजरकोट । जाजकोटमा आज फेरि भूकम्प गएको छ । जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । लगत्तै ४:४० मा ४.५ रेक्टरको अर्को पराकम्प गएको छ । यसअघि शुक्रबार राति जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको मृत्यु भएको थियो भने..

अनेरास्ववियु चुलाचुलीको अध्यक्षमा युनेश न्यौपाने सर्वसम्मत
१८ कार्तिक, इलाम । अनेरास्ववियु चुलाचुली गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट युनेश न्यौपाने अध्यक्षमा निर्वाचित बनेका छन् । चुलाचुली ४ आईतवारे स्थित पाथिभरा सहकारीको हलमा आज सम्पन्न भएको अधिवेशनमा न्यौपाने सहित सम्पुर्ण समिती सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा रोहन फियाक, सचिवमा कुशल भुर्तेल, सहसचिवमा रमा गौतम सहित १५ सदस्य कमिटी सर्वसम्मत बनेका छन् । अनेरास्ववियु केन्द्रिय सदस्य तथा इलाम ईन्चार्ज नितेश राईको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा अनेरास्ववियु इलामका अध्यक्ष..

जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुग्यो
१८ कार्तिक, काठमाण्डौँ । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ । प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ । प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ । त्यस्तै रुकुम पश्चिममा मृत्यु हुनेको संख्य ३८ जना पुगेको छ भने घाइतेको संख्या ८५ पुगेको छ । शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको..

कोशीमा माओवादीका गणेश उप्रेती र एसका कमल जबेगु मन्त्री नियुक्त, एमाले सरकार छाड्ने तयारीमा
१७ कार्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् । उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले हिजोमात्र एमालेको गुन नबिर्सिने बताएका थिए । तर, सुरूदेखि नै गठबन्धनलाई मन्त्रिपरिषद्मा समेट्न प्रधानमन्त्री एवम् माओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको..

यूएईलाई हराउँदै नेपाल ‘टी—२० विश्वकप क्रिकेट’मा छनोट
१६ कार्तिक, काठमाण्डौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको..

विश्वकप छनोटका लागि नेपालले आज यूएईको सामना गर्दै
१७ कार्तिक, काठमाण्डौँ । आसन्न टी(२० विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपाल समूह एको उप(विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो। बिहीबार..

शाहरुख खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा
१७ कार्तिक, काठमाण्डौँ । बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् । कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् ।..